back
CTIZAN AD

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

वि.सं.२०८३ वैशाख २८ सोमवार

204 

shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ ।

यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गरे । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो ।

राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिँगारेर राष्ट्रिय झण्डाले झकिझकाउ पारिएको छ ।

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । त्यसका लागि अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ ।

सङ्घीय संसद्का सदस्यहरुलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष)मा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलद्वारा आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको थियो ।

त्यसअघि आजै दिउँसो २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । बैठकमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा जारी विभिन्न आठ अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

वि.सं.२०८३ वैशाख २८ सोमवार १४:३५ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...