back
CTIZAN AD

गणतन्त्र दिवसमा प्रभातफेरी

वि.सं.२०८३ जेठ १५ शुक्रवार

384 

shares

इनरुवा (सुनसरी) । गणतन्त्र दिवसको उपलक्ष्यमा आज सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सम्पन्न भएको छ ।

दिवसको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गरे ।
प्रभातफेरी कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो । दिवसकै अवसर पारेर इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक इनरुवा ‘डे’ को आयोजना गरेको छ ।

नगरपालिका स्थापना भएको दिनलाई मानेर नगरपालिकाको कार्यालयले पहिलोपटक इनरुवा डे कार्यक्रमको आयोजना गरिएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए ।

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:५० मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...