back
CTIZAN AD

हेटौँडामा गणतन्त्र दिवस मनाइयो

वि.सं.२०८३ जेठ १५ शुक्रवार

252 

shares

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकार र स्थानीय निकायका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न दलहरु एकजुट हुनुपर्ने बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय सहकार्य गर्दै जनताको आधारभूत आवश्यकता पूरा गर्ने बताए ।

त्यसअवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक दलहरुले आफूलाई विगतमा भएका गल्तिहरुको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित खेलकुद, झाँकी प्रदर्शन र माध्यमिक विद्यालय स्तरीय निमन्त्रण प्रतियोगितामा पुरस्कृत हुनुभएका विभिन्न व्यक्तिहरुलाई क्रमशः पुरस्कार र प्रशंसाप्रत्र प्रदान गरेका थिए ।

चार सञ्चारकर्मी पुरस्कृत

गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गणतान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका चार जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा मकवानपुरका कुमार अधिकारी र सुनिता विष्ट, रामेछापका युवराज श्रेष्ठ र ललितपुरका कृष्ण विष्ट छन् ।

उनीहरुलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरे ।

वि.सं.२०८३ जेठ १५ शुक्रवार १३:४२ मा प्रकाशित

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष...

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

सहिद स्मारकमा जातीय सङ्ग्रहालय

बागमती । मुलुकका विभिन्न जातजातिको मौलिकता संरक्षण गर्न हेटौँडा उपमहानगरपालिका–११...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...