back
CTIZAN AD

मनसुन क्रमिक रुपमा सक्रिय बन्दै

वि.सं.२०७४ असार ६ मंगलवार

891 

shares

rain
६ असार, काठमाडौँ। एक साताअघि नेपालको पूर्वी भेगमा प्रवेश गरेको मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको छ ।

कमजोर रुपमा प्रवेश गरेको मनसुन देशभर पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको सक्रियताले खासगरी देशका पूर्वी भेगमा वर्षात् भएको छ । काठमाडौँ उपत्यकासहित मध्य भेग र पश्चिमी भेगमा भने राम्ररी वर्षात् हुन सकेको छैन ।

पश्चिमी वायुको प्रभावका कारण मनसुन पूर्ण सक्रिय हुन नसकेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वी भेगमा मनसुन सक्रिय भई धेरै स्थानमा पानी परेको छ, आज राति पनि पानी पर्नेछ, मध्य भेगमा पनि विस्तारै मनसुन सक्रिय हुँदै गइरहेको छ । नेपालको पूर्वी भेगमा गत जेठ २९ गते मनसुन प्रवेश भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा धेरै धनकुटामा ४७ र विराटनगरमा ४३ मिलिमिटर वर्षात् भएको छ ।

त्यसैगरी, धरानमा १४, भैरहवामा ३८, पोखरामा २०, लुम्लेमा ३४, जिरीमा १५, दाङमा १७ र धनगढीमा १२ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । रासस

वि.सं.२०७४ असार ६ मंगलवार ०२:४३ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...