उद्धव मगर दोहा कतार
जुन १८ का दिन कतार नेपाली एकता समाजले ९ वुदे माग सहित नेपाली राजदूतावासमा एकता समाजको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको छ ।
प्रतिनिधि मण्डलका अध्यक्ष लुमाकान्त पुन मगर, द्धितिय उपाध्यक्ष रामइन्दल थिङ्ग, कोषाध्यक्ष धनबहादुर परियार, अन्तराष्र्टि«य नेपाली एकता समाजका सल्लाहकार अर्जुन थापा, के.स सदस्य सुर्य सुवेदी, सचिवालया सदस्य हेमन्त वाईवा, सल्लाहाकार रेणु चौलागाई, वलदेव राना, सन्जु सुन्दास, हेमराज बस्नेत, विष्णु थापा, लक्ष्मण कोईराला, उद्धव मगर रहेको प्रतिनिधि मण्डलले कतारका लागि आउनु भएका नवनियुक्त राजदूत रमेश प्रसाद कोइरालालाई अध्यक्ष लुमाकान्त पुन मगरले खादा ओडाई स–सम्मान स्वागत गरेको थियो ।
भेटघाट कार्यक्रममा आ–आफ्नो परिचयपश्चात वर्तमान प्रवासमा रहेका आम नेपाली मजदूरहरुको समस्या बारे बृहत तथा विभिन्न टट्कारो समसामहिक विषयमा छलफल भएको थियो भने यस ९ वुदे मागको क्रमगत रुपमा संस्थाका अध्यक्षले लुमाकान्त पुनले पढेर राजदूत रमेशप्रसाद कोइरालालाई हस्तान्तर गर्नुभएको थियो ।
१.प्रवासी नेपालीहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गरियोस् ।
२.प्रवास नेपालीहरुको करार अवधिभर २४ घण्टा विमाको व्यवस्था गरियोस् ।
३.घरेलु कामदारलाई श्रम ऐन तथा मानवअधिकारको दायरा भित्र ल्याइयोस् ।
४.प्रवासी नेपालीहरुलाई प्रवास मै उच्चशिक्षा दिने व्यवस्था गरियोस् ।
५.कतार स्थित नेपाली कामदारहरुको न्यूनतम पारिश्रमिक मासिक क.रि १५०० कायम गरियोस् ।
६.प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टि गरियोस् ।
७.नेपाल सरकार र कतार सरकार विच भएको त्यस अघिको श्रम सम्झौताको पुर्न मुल्याँकन गरी श्रम प्रतिनिधिको सहभागितामा पुनश्रम सम्झौता गरियोस् ।
८.मेनपावर कम्पनीहरु खारीजगरी सरकार द्धारा कामदार पठाउने व्यवस्था गरियोस् ।
९. संघीयता खारिज गरी पुर्ण प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको स्थानिय स्वशासनमा आधारित राज्य प्रणाली स्थापना गरियोस् ।
कतार नेपाली एकता समाजले पेश गरेको मुद्धा र सहभागीहरुले उठाएका विषयहरुमा राजदूतावासका अधिकारी मणिरत्न शर्माले स्पस्ट पार्नुभएको थियो । राजदूत रमेशप्रसाद कोइरालाले भन्नुभयो छलफलको क्रममा उठेका विषयहरु सबैखाले जटिल भएको र त्यस्ता विषयहरु नेपाली राजदूतावासले गर्नुसक्ने काम यहाँको सरकारसंग उठाउने प्रतिवद्धता गर्नुभएको छ ।
वि.सं.२०७४ असार ६ मंगलवार ११:०८ मा प्रकाशित