back
CTIZAN AD

प्रमुख पदमा एकजना मात्र महिला उम्मेदवार

वि.सं.२०७४ असार ६ मंगलवार

639 

shares

६ असार, दाङ । दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ ।

यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष तथा वडाहरुमा सदस्यहरुको जिम्मेवारी दिए पनि प्रमुख र गाउँपालिकाको अध्यक्षमा भने एक दुईजना मात्रै महिलाको सहभागिता रहेको पाइएको छ ।

पछिल्लो सङ्घात्मक संविधानले किटान गरेको ३३ प्रतिशत महिला सहभागितालाई दलहरुले पूरा गर्न नसकेको महिलाले बताएका छन् । “हाम्रो माग त ५० प्रतिशत नै हो तर स्थानीय चुनावमा हाम्रो सहभागिता न्यून छ” – महिला नेत्री देविका नेपालीले भन्नुभयो ।

अन्य समयमा दलहरुले भाषणमा महिला सहभागिताको कुरा गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको महिलाले गुनासो गरेका छन् । यसले गर्दा महिलाका बारेमा अझै पनि समान दृष्टिकोण नपुगेको महिला चन्द्रा वलीले बताउनुभयो ।

“भाषण र दलहरुले महिलाको सवालमा चर्का कुरा गर्ने गर्छन् तर स्थानीय तहमा महिलालाई उपप्रमुखमै र उपाध्यक्षमै चित बुझाउनुपरेको छ, हामीहरुलाई पनि जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सक्छौँ”– उहाँले भन्नुभयो ।

यहाँ रहेका मुख्य दल नेपाली काँग्रेस, नेकपा ९एमाले०ले दाङका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सातवटा गाउँपालिकामा कुनै पनि महिलालाई प्रमुख पदमा राखेको छैन भने नेकपा ९माओवादी केन्द्र०ले भने लमही नगरपालिकाको प्रमुखमा द्रोपती पौडेललाई प्रमुख पदको टिकट दिएको जनाएको छ ।

त्यस्तै, एमाले दाङले उपमहानगरपालिका ३८ वटा वडामध्ये तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ मा सुशीला आचार्य र राप्ती गाउँपालिकाको वडा नं १ मा रत्ना श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाएको नेकपा ९एमाले० दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिनुभयो । उहाँले स्थानीयस्तरबाटै नाम छनोट गरी पठाउँदा कुनै पनि महिलाको नाम नआएको र आएको स्थानमा पार्टीले टिकट दिएको बताउनुभयो ।

त्यस्तै, काँग्रेसले पनि दाङको एउटा वडामा मात्र प्रमुख पदमा महिलालाई वडाध्यक्षको टिकट दिएको छ । काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ मा चित्रा गिरीलाई वडाध्यक्षको टिकट दिएको काँग्रेस दाङका जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले जिल्लाका अन्य स्थानमा महिलालाई सदस्यमा धेरै टिकट दिए पनि मुख्य पदमा भने कसैको प्रतिनिधित्व नभएको बताउनुभयो ।

वि.सं.२०७४ असार ६ मंगलवार १२:२२ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...