back
CTIZAN AD

मन्त्रालय घटेपछि कर्मचारी दरबन्दी मिलान अन्तिम चरणमा

वि.सं.२०८३ साउन ५ मंगलवार

168 

shares

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरेपछि कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। प्रशासनिक सुधारअन्तर्गत मन्त्रालय पुनर्संरचना गरिएसँगै कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको सरकारको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिअनुसार नवगठित तथा गाभिएका मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा कर्मचारी दरबन्दी निर्धारणका लागि संगठन तथा व्यवस्थापन (ओ एन्ड एम)सर्वेक्षण भइरहेको छ।

सर्वेक्षण सम्पन्न भएपछि केही कार्यालयमा हाल कायम रहेका दरबन्दी घट्न सक्ने र केही कर्मचारी स्वीकृत दरबन्दीभन्दा बढी भई “फाजिल” अवस्थामा पर्न सक्ने सरकारको अनुमान छ। त्यस्ता कर्मचारीको व्यवस्थापन तथा दरबन्दी मिलानलाई प्रभावकारी बनाउन सरकारले आवश्यक तयारी गरिरहेको जनाएको छ।

यसै सन्दर्भमा सोमबार बसेको सचिव बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा नयाँ माग नपठाउने निर्णय गरेको छ।

सरकारका अनुसार फाजिल कर्मचारीको व्यवस्थापन सम्पन्न भएपछि कुनै पद रिक्त भएमा वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीमा पदपूर्ति आवश्यक परेमा नियमित प्रक्रियाअनुसार लोक सेवा आयोगमार्फत पदपूर्ति गरिनेछ।

सरकारले मन्त्रालय पुनर्संरचनापछि कर्मचारी व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र आवश्यकताअनुसार बनाउन दरबन्दी मिलानको प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।

 

वि.सं.२०८३ साउन ५ मंगलवार ११:२५ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...