back
CTIZAN AD

जेन्जी अभियन्ता रक्षा बमको सरकारलाई चेतावनी

वि.सं.२०८३ साउन ५ मंगलवार

189 

shares

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले सरकारले नागरिकका आधारभूत आवश्यकतामाथि करको भार थपेको भन्दै सरकारलाई तत्काल निर्णय सच्याउन चेतावनी दिएकी छन्।

सरकारको कामकारबाहीमाथि निरन्तर निगरानी गर्दै आएकी बमले पछिल्लो समय शव व्यवस्थापन तथा आधारभूत सेवासँग सम्बन्धित करका विषयमा जनआक्रोश बढिरहेका बेला सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया व्यक्त गरेकी हुन्।

उनले सरकारमाथि कटाक्ष गर्दै लेखेकी छन्, “शिक्षामा कर। स्वास्थ्यमा कर। सास फेर्दा कर। मरेपछि आर्यघाट पुग्दासम्म कर। हाम्रो कहरमाथि नै कर ! आखिर नागरिकले बाँच्नका लागि चाहिने हरेक आधारभूत आवश्यकतामै कर तिर्नुपर्ने हो, सरकार ?

बमले नागरिकको बाध्यतामाथि थपिएको कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै भनेकी छन्, “यसलाई तपाईंहरूले आग्रह ठान्नुस् वा चेतावनी। नागरिकका बाध्यतामाथि थोपारिएको कर तत्काल खारेज गरियोस्।”

उनले सरकारलाई समयमै आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दै थप चेतावनी दिएकी छन्, “सच्चिनुहोस्। सच्याउनुहोस्। नत्र जनताले बारम्बार आफैँ सच्याएका उदाहरणहरू पनि छन्।”

वि.सं.२०८३ साउन ५ मंगलवार १२:४० मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...