back
CTIZAN AD

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवद्र्धनमा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार

126 

shares

काठमाडौँ । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ छ ।

व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइने गरेको छ ।

राष्ट्रसङ्घका सदस्य देशका सरकार, अन्तरराष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, आपसी समझदारी र मेलमिलापलाई प्रवद्र्धन गर्ने कार्यक्रम, अभियान र पहल गर्न उक्त विश्व संस्थाले आह्वान गरेको छ ।

राष्ट्रसङ्घका अनुसार विभिन्न समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रताले शान्ति स्थापनाका प्रयासलाई प्रेरणा दिनुका साथै समुदायहरूबीच विश्वास र सहकार्यको पुल निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ यो दिवस घोषणा गरिएको हो ।

राष्ट्रसङ्घको महासभाले विशेषगरी भविष्यका नेतृत्वकर्ता युवालाई विभिन्न संस्कृति र समुदायसँग जोडिएका सामाजिक गतिविधिमा सहभागी गराई अन्तरराष्ट्रिय समझदारी, विविधताको सम्मान तथा सहिष्णुताको भावना अभिवृद्धि गर्न जोड दिएको छ ।

अन्तरराष्ट्रिय मित्रता दिवस राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ अवधारणाको निरन्तरता हो । युनेस्कोले शान्तिको संस्कृतिलाई प्रवद्र्धन र हिंसा अस्वीकार, द्वन्द्वका मूल कारणलाई सम्बोधन गर्ने तथा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

यसै अवसरमा युनेस्कोले मित्रता, सम्मान, विविधताको स्वीकार र आपसी विश्वासबाट नै शान्तिपूर्ण तथा समावेशी विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

तस्बिरः संयुक्त राष्ट्रसङ्घ

वि.सं.२०८३ साउन १४ बिहीवार १०:५० मा प्रकाशित

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...