back
CTIZAN AD

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

वि.सं.२०८३ साउन १४ बिहीवार

168 

shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार परिषद्को बैठक बिहीबार बिहान ११ः३० बजे बस्नेछ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पछिल्लो समय देशमा विकसित समसामयिक परिस्थिति, राष्ट्रिय सुरक्षा चुनौती तथा सुनसरीको देवानगञ्ज घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्थाबारे विस्तृत छलफल हुनेछ। सुरक्षा निकायबीच आवश्यक समन्वय, शान्ति–सुरक्षा व्यवस्थापन तथा भावी रणनीतिका विषयमा पनि बैठक केन्द्रित रहने जनाइएको छ।

नेपालको संविधानको भाग २८ अनुसार गठित राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापति सदस्य रहनेछन् भने रक्षा मन्त्रालयका सचिव सदस्य–सचिवका रूपमा रहने संवैधानिक व्यवस्था छ।

देवानगञ्ज घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा देशभरको शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा बैठकले आवश्यक निर्णय र निर्देशन दिन सक्ने अपेक्षा गरिएको छ।

यसबीच, घटनाको तीन दिनपछि देवानगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले शान्ति–सुरक्षा कायम राख्न निगरानी तथा समन्वयलाई निरन्तरता दिएका छन्।

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको सन्दर्भमा बुधबार आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री सहभागी नभएको विषयलाई लिएर विपक्षी दल तथा केही राजनीतिक वृत्तबाट आलोचना भएको थियो। प्रधानमन्त्रीले घटनाबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरे पनि सर्वदलीय बैठकमा अनुपस्थित रहँदा घटनालाई पर्याप्त गम्भीरतापूर्वक नलिएको भन्ने टिप्पणी सार्वजनिक भएको थियो।

यद्यपि, विभिन्न राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा सामाजिक संघ–संस्थाले संयमता अपनाउन र सद्भाव कायम राख्न गरेको अपिल तथा प्रशासनको सक्रियताका कारण प्रभावित क्षेत्रमा अवस्था विस्तारै सामान्य बन्दै गएको बताइएको छ।

वि.सं.२०८३ साउन १४ बिहीवार ११:१६ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...