Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

‘आँट र मेहनत चाहिन्छ नेपालमै धेरै गर्न सकिन्छ’



meghraj-thakurझापा गौरादहका मेघराज ठाकुरले १० वर्ष देखि काठमाडौंको मैतिदेविमा नाइ (कपाल काट्ने) पेशा गरेका छन् ।
आमा उर्मिला ठाकुर र बुवा लक्ष्मण ठाकुरका छोरा मेघराजले ५ लाख लगानीमा १० वर्ष अगाडि नाइ पसल खोलेका हुन् । नाई पेशालाई आफ्नो परम्परागत पेशा मान्ने उनले यो पेशामा आफू सन्तुष्ट भएको बताउँछन् । मासिक ५० हजारदेखि १ लाखसम्म आम्दानी गर्ने ठाकुर भन्छन्, ‘विदेशमा गर्ने दुःख नेपालमै ग¥यो भने विदेश सरह नै हुन्छ ।’ उनको १० वर्षे नाइ व्यवसायको अनुभवलाई लिएर सस्मिता मगरले संसारन्युजका हिड्दा हिड्दै गरेको कुराकानी :

यो पेशामा कहिले देखि लाग्नु भयो र किन लाग्नु भयो ?
मैले यो पेसामा १० वर्ष अघिनै देखि शुरु गरेको हुँ । हाम्रो परम्परागत पेशा पनि हो । अनि जस्तै भए पनि आफ्नै पेशा गरौँ भन्ने लागेर हो ।

सुरुमा कति लगानी भयो ?
५ लाख लगानी गरेको हुँ ।

आफ्नो व्यवसायमा सन्तुष्ट हुनुहुन्छ त ?
एकदमै सन्तुष्ट छु । आर्थिक रुपमा त खुसी छु नै, त्यो सँगै धेरै मान्छेहरुसँग पनि चिनिने खान–लाउन यसबाट सजिलै पुगेको छ । किनकी सानो होस् या ठूलो आफ्नो हुनु मज्जा नै बेग्लै हुन्छ ।

काठमाडौमा कति छन यो पेसामा गर्नेहरु ?
मलाई लाग्छ काठमाडौमा मात्रै ५ देखि ६ हजारसम्मको संख्यामा नाई पसलहरु खुलेका छन ।

धेरै युवाहरु विदेश जाने अनि छिट्टै धेरै पैसा कमाउने सोँच बनाउँछन तपाइलाई जान मन लागेन ?
आफ्नो हातमा सीप हुने मानिस किन विदेश जाने ? यदि विदेशमा गर्ने दुःख नेपालमै गर्ने हो भने नेपाल पनि विदेश सरह नै हुन्छ । संघर्ष र मेहनत गर्ने मानिसलाई के विदेश के स्वदेश सबै एकै हो । विदेशमा विरामी हुँदा तातो पानी तताएर खान दिने मान्छे त हुँदैनन् । नेपालमा आफ्नो परिवारसँग बस्न पाइन्छ । दुःख सुख साट्न पाइन्छ । त्यत्ति ठूलो आकांक्षा पनि छैन । त्यसैले मलाई विदेश जाने सोंच आएन ।

कपाल काट्ने पेशामा पहाडि युवा भन्दा मधेशी युवाहरु नै देखिन्छन् नी किन हो ?

मधेसीहरु पहाडीहरु जस्तो लजाउँदैनन् । उनीहरुले दुःख बुझेका हुन्छन्,घाम पानी सहेका हुन्छन् । त्यसैले हो जस्तो लाग्छ मलाई ।

अरु के–के गर्नुहुन्छ ?
मैले कपाल काट्ने देखि अन्य काम पनि गर्छु । घर जग्गा खरिद विक्रि, बेरोजगार मान्छेहरुलाई रोजगारको खोजी गरिदिने, ,घर, फल्याट्, कोठा मिलाई दिने, टिकेटिङ, ट्राभलिङ लगायत ।

मासिक कति कमाउनु हुन्छ ?
मासिक थोरैमा ५० हजार देखि १ लाखसम्म कमाउँछु, एकदम खुसी लाग्छ ।

विदेश जान चाहने युवाहरुलाई के भन्न चाहनु हुन्छ ?
आँट र मेहनत चाहिन्छ लजाउनु हुँदैन । नेपालमा पनि धेरै का मगर्न सकिन्छ । विदेशमा जस्तै नेपालमा पनि पसिना बगाउने हो भने पैसा कमाउन विदेशनै धाउनु पर्दैन । विदेश गएर पैसानै कमाईन्छ भनेर ठोकुवा गर्न सकिदैँन । त्यहाँ पुगेका नेपालीहरु विभिन्न समस्यामा परेर, रोग लागेर रित्तो हात फर्केका पनि छन् । त्यसैले नेपालमै बस्नुस् । नेपालमै अवसरहरु खोज्नुस् । यहि भन्न चाहान्छु ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

तपाईहरुलाई मैले दिने सेवाबाट कुनै सहयोगको आवश्यक परेमा सम्पर्क गर्नुसक्नु हुनेछ । त्यसको लागि मैले सकेसम्म सक्दो सेवा दिनेछु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।