back

जिउँदैमा रुहाउनेले मरेपछि आँशु नझार

वि.सं.२०७४ असार ८ बिहीवार

711 

shares
IME Limited
NTC AD

yamuna-aryal

खासै लेख्न त मन थिएन दाजु तैपनि मनले मान्दै मानेन । आफ्ना आँखाले नदेखेको भए मन जसोतसो बुझाइएकै थियो आँखाले प्रत्यक्ष देखेपछि कताकता तपाईप्रतिको आदर र सम्मान चक्नाचुर भयो । बुआआमा गाऊँमा जसोतसो बसेकै थिए, सारा गाउलेहरुले बाआमालार्ई मान्दै आएका थिए अहिलेपनि मान्छन । दुइछाक खानलार्ई पुग्ने जग्गा जमिन थियो, आनन्दसँग रमाएर बाँचेका थिए बुआआमा । तपार्ई शहरमा आउनुभयो, शहरीया परिवेशषकी भाउजु बिहे गर्नुभयो मानौँ गाऊका तपार्ईहरु शहरीयामा परिणत हुनुभयो ।

तपाईले सफलताका सिढीहरु उक्लदै जानुभयो, भाउजु पनि तपाईकै पद्चाप पछ्याउँदै अगाडी बढीरहनु भएको छ यसमा घरपरिवारले मात्र होइन सिगो गाउलेले नै गर्व गर्न सक्छन त्यो काम तपाईहरुको लगाव र मिहिनेतले सम्भव भएको छ । तपार्ईका छोराछोरीहरु पनि हाकिमका छोराछोरी भएकोमा गर्वले उनिहरुको छाती कति फुल्दो हो ? तपाईलार्ई आफ्ना छोराछोरी एकै छिन स्कुलबाट ढिलो आएभने मनमा कस्तो खट्पटी हुन्छ ? सन्चो भएन भने चिन्ताले भातै खान छोड्नुहुन्छ, विदाको समयमा यताउति घुमाउन लैजान पाए हुन्थ्यो भन्ने तपार्ईको मनमा कति लाग्छ है ?

तपार्ईले काठमाण्डौमै स्थायी रुपले बस्ने ब्यवस्था मिलाउनु भयो, बुआमालार्ई पनि आफुसँगै राख्ने चाहना राख्नुभयो त्यसको त सबैले सम्मान गर्छन दाजु । तपार्ईले गाऊलेको माझबाट बुआआमालार्ई शहरमा ल्याउँदा सारा गाउले बाआमालार्ई बिदाइका हात हल्याउँदै कति रोएका थिए ? कति सम्झेका थिए गाउलेहरुले ? याद छ दाजु ? आज छोराछोरीको बाऊ भइसक्नु भएको छ, सायद बुआमाले तिनै छोराछोरी नहेरिदिएको भए तपार्ईले त जागिर खान सक्नुहुन्थ्यो होला तर भाउजुले बच्चा हेर्दै घरको काम धानेर जागिर खाँदै पढ्न पक्कै सम्भव थिएन सजिलो थिएन ।

बाआमाको शहरमा आउने कुनै मनसाय थिएन रुची थिएन । आफ्नो माटो छोडेर जाँदैनौ, मरेपनि यही माटोमा मर्छौ भनेर अडान लिएकै हुन तैपनि तपार्ई र भाउजुले जिद्धी गरेर शहरमा ल्याउनुभयो किनकी तपार्ईका लालाबाला हुर्काउने कामदार चाहिएको रहेछ तपार्ईहरुलार्ई । आफ्नो स्वार्थको लागि मैन पग्ले जसरी पग्लिएर बाआमालार्ई पगाल्नुभयो अहिले छोराछोरी हुर्किए तपार्ईहरुलार्ई बाआमा घाँडो बन्न थाले ।

तिनै बुढाबुढीले घर धान्दिएको भएर जहाँ जानपनि फ्रि हुनुभयो, जतिदिन घुम्नपनि गाह्रो भएन । घर धन्दा गर्ने, नातिनातिनीलाई पकाउने, खुवाउने, उनिहरुलाई नुहाइदिने, कपडा धोइदिने सारा काम तिनै बाआमाले गरे । शरीरमा तागत हुन्जेलसम्म गाऊँमा पसिना बगाएका बाआमालार्ई देख्दा गाउलेहरु सोच्दा हुन फलानाका छोरा बुहारीले बुढाबुढाीलार्ई त स्वर्गैमा राखेका होलान, काठमाण्डौँमा लगेर राखेका छन् कहाँको गाऊको हिलोमैलो र दुखको तुलना गर्न सक्नु ?

तर वास्तविकता फरक रहेछ दाजु । तपार्ईको मुख हेरेर आएका हुन बुआआमा । बाआमाको शहरमा आउने कुनै मनसाय थिएन रुची थिएन । आफ्नो माटो छोडेर जाँदैनौ, मरेपनि यही माटोमा मर्छौ भनेर अडान लिएकै हुन तैपनि तपार्ई र भाउजुले जिद्धी गरेर शहरमा ल्याउनुभयो किनकी तपार्ईका लालाबाला हुर्काउने कामदार चाहिएको रहेछ तपार्ईहरुलार्ई । आफ्नो स्वार्थको लागि मैन पग्ले जसरी पग्लिएर बाआमालार्ई पगाल्नुभयो अहिले छोराछोरी हुर्किए तपार्ईहरुलार्ई बाआमा घाँडो बन्न थाले ।

दाजु तपार्ईको घरमा प्रायजसो पाहुना आउँछन, आफन्त आउँछन चिया पकाएर खुवाउन पनि भाउजुलार्ई निकै झर्को लाग्छ । कतिपय अवस्थामा गाऊँदेखी बुढाबुढी बाआमालार्ई भेट्न आएका आफन्तको मुख हेर्नसमेत फुर्सद हुँदैन भाउजुलार्ई । खै त बुहारी ? गाऊँदेखी आएका आफन्तले बाआमालार्ई सोध्दा जवाफ हुँदैन । घरमा छैन भनौँ भने घरकै कोठामा चुकुल लगाएर बसेकी छन भाउजु, घरमै छ भनौँ भने आफन्त इष्टमित्र आउँदा बोलचाल गर्ने, सन्चोविसन्चो सोध्ने चलन छैन । दाइ कति पटक सम्म त बुआमाले तपार्ईको लाज बचाइदिएका छन । बुहारीको के केको जाँच छ रे पढ्दै होली भनेर । यति सकारात्मक सोच्ने बाऊआमाको इज्जत जोगाउने दायित्व भाउजुले सम्झन सक्नुभएन । भाउजुजस्ता धेरै भाउजुहरुले आफ्नो दायित्व सम्झन सकेनन । घरमा आफन्त पाहुनाहरु आउदा भाउजुलार्ई झर्को लाग्न सक्छ तर केही पिर नमान्नुहोस ति पाहुना आफन्तहरु तपार्ईहरुलार्ई भेट्न आएका होइनन तपार्ईका बाआमालार्ई भेट्न आएका हुन । बाआमाको शेषपछि कोही आफन्तहरु आउँदैनन ढुक्क भए हुन्छ भाउजु ।

दाजु, भाउजु नल्याउँदासम्म बाआमाको त्यति ख्याल राख्ने तपाई अहिले किन यति बदलिनुभएको ? तपाईलाई श्रीमतीभन्दा प्रिय यो संसारमा कोही लाग्दैन ? श्रीमतीका कुरा सुनेर बाआमालाई कुनै मतलव नराख्ने तपाईका बाआमाको आँशु कति बगेका छन शहरमा आएर याद छ ? कति धिक्कार गरेका छन उनिहरुले आफ्नो अतितलाई ? मरे गाउँमै मर्ने्थियौँ, गाउलेले घाटमा लैजान्थे होला कसैले नहेरे जहाँ मरिन्थ्यो त्यही गिद्धकौवाले खान्थे होला अहिले नरकमा बसेजस्तो भएको छ भनेर बाआमाले त्यसै बिलौना पोखेका होइनन होला । कसैको मन नदुखाएका, कसैको कुभलो नचिताउने बाआमाले भाउजुको कहाँ कसरी दिल दुखाए ? घरको सारा धन्दा गरेर साझ विहानको दुइ छाक भात खान दिदापनि सुनै खानदिएजस्तो किन गर्छिन त भाउजु ? बुढा बाआमासँग एक शब्द बोल्दापनि पैसा परेजस्तो किन गर्छिन ? तपाईले किन केही भन्न सक्नुहुन्न ? कहाँको रिस लगेर बाआमासँग पोख्छिन भाउजुले ? मिठो बोलेर एकछान बचन नलगाइकन खान दिनुस त्यही ठुलो पुण्य हो , बाहिरी रुपमा सुनले छाएपनि त्यसको अर्थ रहँदैन आत्मा खुसी नभएपछि ।

बाहिरबाट हेर्दा कति राम्रो छ तपाईको परिवार तर बुढा आमाबुवाको आत्मा कति रोएको छ, उनिहरु न त गाऊमा फर्किएर जान सक्ने हालतमा न शहरमा बस्नसक्ने अवस्था नै छ । तपाईहरुको इज्जतको लागि कति गुम्सिएर बसेका छन बाआमा ।

तपाईलाई आफ्ना छोराछोरीको कति मायाँ लाग्छ? त्यस्तै गरेर तपाईलाई हुर्काएका हुन दाजु बुआआमाले । तपाईलाई आफ्ना छोराछोरी साथमै भइदिए हुन्थ्यो, कुराकानी गरिदिए हुन्थ्यो भन्ने लाग्छ भने सोच्नुहोस तपाईका बुबाआमालाईपनि त्यही लाग्छ । श्रीमती त पैसाले किन्न सक्नुहुन्छ तर पैसाले बुबाआमा किन्न सक्नुहोला त ? बाहिरबाट हेर्दा कति राम्रो छ तपाईको परिवार तर बुढा आमाबुवाको आत्मा कति रोएको छ, उनिहरु न त गाऊमा फर्किएर जान सक्ने हालतमा न शहरमा बस्नसक्ने अवस्था नै छ । तपाईहरुको इज्जतको लागि कति गुम्सिएर बसेका छन बाआमा । कसैले भाउजुको कुरा काट्न खोज्दापनि बाआमाले प्रतिवाद गर्छन, त्यस्ता बाआमालाई रिझाउन नसक्ने भाउजुको पद, प्रतिष्ठा र गरिमालाई धिक्कार छ । जत्रो पदमा पुगेपनि जत्रो हैसियत हासिल गरेपनि घरका जिउदा देवता मानिएका बुढा बाआमाको आत्मा रुहाइसकेपछि त्यसको कुनै औचित्य हुँदैन, अर्थ हुँदैन ।

अस्तिको समाचार हेनुभयो दाजु भाउजुले ? चर्को घामको रापले सेकाइरहेको अवस्थामा जवान मान्छेहरु चिसोको खोजीमा भौतारिएको देखिन्यो तर घरमा तातो खाना खाएर नातिनातिनीसँग रमाएर आनन्दले बस्नुपर्ने अवस्थाका बुढा बाआमाहरु त्यही तातो घाममा मिनभवनको सडकमा लम्पसार परेर सुतेका देखिन्थे । उनिहरुले सरकारसँग आफुहरुलाई ५ हजार बृद्धभताको व्यवस्था गरिदिन माग गरेका थिए । सायद छोरा बुहारीले राम्रो व्यवहार गरेको भए, बुहारीले आफ्ना बुवाआमालाई जस्तो व्यवहार सासु ससुरालाई गरेको भए, छोराले श्रीमतीको कुरा सुनेर आफ्नै जन्मदाता बुवा आमालाई मायाँ ममता दिएको भए कस्का बाऊआमा तातो सडकमा सरकारसँग हात जोडेर विन्ती बिसाउँथे होला ? यस्ता बुआमा कति छन कति दाजु ? तपाईको पदले केही गर्दैन, भाउजुको पद र पैसाले केही गर्दैन तपाईलाई चिनाउने सिवाय । बुआआमाको मन जित्न पैसा, पद चाहिदैन मिठो बोली बचन गरेर दुइछाक बचन नलाईकन खान दिनुहोस, बिरामी पर्दा औषधीमुलो गर्नुहोस, पायक परेका स्थानहरुमा विदाको बेलामा घुमाउन लैजानुहोस तपाई चारधाम जानुपर्दैन, लाखँौ खर्च गरेर दान पुण्य कमाउनुपर्दैन घरका भगवान पुजेको जस्तो पुण्य मुर्तिका भगवान पुजेर पाइदैन । भाउजु, तपाईका बाआमालाई भाइ बुहारी, दाजु भाउजुले नराम्रो व्यवहार गर्दा जसरी मन रुन्छ, चित्त दुख्दा सासु ससुराको मन पनि तपाईका तिखा बचन र छुद्र व्यवहारले कुडिन सक्छ यति कुरा हेक्का राख्नुहोला ।

सिमित स्वार्थको लागि पैसा छ भने जो कोही पनि जो कोहीको नजिक बन्न सक्छन, आफ्नो बन्न सक्छन तर बाऊआमा कुनै स्वार्थसँग साटिन सक्दैनन, किनिन सक्दैनन । पैसा छ भने कुनै युवती बिहे गर्न राजी होलिन तर बाऊआमा आफ्ना छोराछोरी जतिसुकै दुखी दरिद्र भएपनि अर्का धनि छोराछोरीको बाऊआमा बन्न राजी हुदैनन यही फरक छ दाजु बाऊआमा र अरुमा । बाआमाले भनेका छन दाजु, आफुहरु जिउँदो छँदा रातदिन रुनुपरेपछि आफुहरु मर्दा तपाईहरु रुनुपर्दैन । जिँउदैमा नरकमा पुराएपछि मरेपछि बाआमालाई स्वर्ग पुराउने कर्म नगर्नुृहोला । मरेपछिको ठाऊँ कसैले देखेको छैन, जिवित हुँदा भोग गर्न नपाएपछि, आनन्दले बाच्न नपाएपछि हसिलो मुहार गराउन नपाएपछि मरेपछिको स्वर्गको कुनै अर्थ छैन । आफ्ना छोराबुहारीले अपमान गरे भनेर उजुरी गर्ने र न्याय पाउने ठाऊँ भए यस्ता कति बाआमाको उद्धा हुन्थ्यो होला । कानून छ भनेपछि सायद यस्तो व्यवहार कसैले गर्दैन्थेहोला । एकदिन सबै बुढो हुनुपर्छ, रोगी हुनुपर्छ, अशक्त हुनुपर्छ भन्ने नैतिक ज्ञान सिकाउने ठाऊँ भइदिएको भए सायद धेरैका बाआमा आनन्दसँग बस्ने थिए होला तर वास्तविकता धेरै टाढा छ । सास हुन्जेल राम्रो व्यवहार गरौँ सास उडिसकेपछिको मुढोमा हेरेर भावना तप्प आँशु बगाउने काम नगरौँ ।

वि.सं.२०७४ असार ८ बिहीवार ०७:५४ मा प्रकाशित

दुःखबाट मुक्त हुन चार नियम पालना गर्नुपर्छ

दुःखबाट मुक्त हुन चार नियम पालना गर्नुपर्छ

समाजलाई हेर्ने, बुझ्ने र भोगेका समस्या, भनौ दुःख, सुख, खुसी,...

सम्मानजनक जीवन यापनका उपाय

सम्मानजनक जीवन यापनका उपाय

एक सम्मानजनक जीवनको अर्थ हो जहाँ व्यक्तिहरूलाई सम्मानको साथ व्यवहार...

हाम्रो गाउँमा आएको परिवर्तन

हाम्रो गाउँमा आएको परिवर्तन

आफ्नै जन्मथलो, हुर्केको गाउँतिर जान मन सधैं लालायित रहन्छ। त्यहाँका...