back
CTIZAN AD

जर्मनी र चिलीको बराबरी सँगै सान्चेजले बनाए रेकर्ड

वि.सं.२०७४ असार ९ शुक्रवार

726 

shares

 

alexis-sanchez-chile_398459

९ असार, काठमाडौँ । फिफा कन्फेडेरशन कप अन्तरगत हिजो राति भएको खेलमा चिली र जर्मनी बराबरी खेल्दै अंक बाडेका छन् । हिजो राति रस्स्यिास्थित काजन एरेनामा भएको खेलमा यी दुई टोलीहरु एक एक गोलको बराबरीमा रोकिएका हुन् ।
खेलको छैठौ मिनेटमा चिलीका एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलको ४१ औ मिनेटमा जर्मनीका स्टिन्डीले गोल गर्दै खेललाई बराबरमिा ल्याएका थिए । त्यसपछि दवै पक्षबाट गोल गर्ने राम्रा प्रयासहरु भएपनि सफल हुन् सकेन र खेल बराबरीमा सकिएको हो । बराबरी सँगै चिली समुह ४ अंक सहित समुह बी को शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको जर्मनीको समान ४ अंक भएतापनि समुहको दास्रो स्थानमा रहेको छ ।

यस्तै हिजोको खेलमा गोल गरेसँगै चिलीका एलेक्सिस सान्चेज चिलीका सर्वकालीन गोलकर्ता बनेका छन् । आर्सनलका स्टार सान्चेजले चिलीको राष्ट्रिय टिमको जर्सी लगाएर ३८ गोल गरेका छन् । सान्चेजले यसअघि रहेको मार्सेलो सालसको ३७ गोलको रेकर्ड तोडेका हुन् ।

वि.सं.२०७४ असार ९ शुक्रवार ०८:१५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...