back

“एनआरएनएको पुनर्संरचना”को प्रस्ताव गरेको छु – कुसुम ज्ञवाली

वि.सं.२०७४ असार ९ शुक्रवार

594 

shares
IME Limited
NTC AD

kusum-gawali.
एनआरएनए क्यानडाको आगामी निर्वाचनका लागि क्लाल्गरी सिटीबाट सदस्यमा  कुसुम ज्ञवालीले आफ्नो रुचि व्यक्त गरेका छन् । पेशाले इन्जिनियर उनले उक्त पदका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रतिबद्धतामा भनेका छन् –

आदरणीय नेपाली समुदायका अग्रज तथा सहयात्री मित्रहरू NRN क्यानडाको क्याल्गरी सिटीबाट प्रतिनिधित्व गर्ने NCC सदस्यको आगामी महिनामा हुने निर्वाचनमा म उम्मेद्वारी दिन चाहन्छु । नेपाली समुदायमा Job Connection and Entrepreneurship Promotion को प्रमुख एजेन्डाका साथ नेपाली समुदायका लागि प्रोफेसनल नेटवर्क विकास, करिएर काउन्सेलिङ्, Job Connection Support लगायत काम गर्ने मेरो प्रतिबद्धता छ ।

एनआरएनए क्यानडालाई धेरै भन्दा धेरै नेपाली प्रवासीहरुसम्म विस्तार गर्न र यस भित्रका गलत राजनीतिक प्रवृत्ति निरुत्साहित गर्दै नेपाली समुदायले एनआरएनलाई ‘आफ्नो घर’ अनुभूत गर्ने वातावरण तयार पार्ने मेरो लक्ष्य छ । यसका लागि “एनआरएनको पुनर्संरचना”को प्रस्ताव गरेको छु । यस प्रस्तावको कार्यान्वयनले निस्वार्थ सामूदायिक सेवा गर्ने नेतृत्व निर्माण हुनेछ । नेपाली समुदायको आर्थिक उन्नतिका लागि सहकारीमा आधारित पूँजी निर्माण र लगानीका आकर्षक अवसरको खोजी, अध्ययन, परियोजना छनोट गरी सम्वृद्ध नेपाली समुदायको जग निर्माणमा प्रयासरत रहनेछु । नविकरणीय उर्जा इन्जिनिएरिङ्मा एम एस्सी गरेपछि व्यवस्थापक, इन्जिनियर, लेखक र सोसियल एक्टिभिस्टको रूपमा मैले नेपाली समाजको हितमा बगाएको पसिना र सामुदायिक स्वयम सेवीको रूपमा दुई-दशक लामो अनुभव साक्षी राखेर म एनआरएन क्यानडाको माध्यमबाट नेपाली समुदायको श्रीवृद्धि गर्न सक्ने विश्वास दिलाउन चाहन्छु । यसका लागि तपाईंहरुको साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद

वि.सं.२०७४ असार ९ शुक्रवार ०७:०२ मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...