back
CTIZAN AD

रसुवा भन्सारमा पहिलोपटक एजेन्टको नियुक्ति

वि.सं.२०७४ असार १० शनिवार

906 

shares

१० असार, रसुवा  । व्यापारिक कारोबार सञ्चालन भएको लामो समयपछि रसुवागढी नाकामा पहिलोपटक भन्सार प्रतिनिधिको व्यवस्था भएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदारप्रसाद पनेरुका अनुसार भन्सार विभागले धनगढीका नरेन्द्रप्रसाद जोशीलाई नियुक्ति गरी पठाएको र जोशीले आफ्नो जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

अब व्यापारी व्यवसायीले चीनबाट मगाएका मालवस्तुको परिमाण भन्सार प्रतिनिधिले घोषणा गर्ने र भन्सार हातामा सामान जाँच गरी छिटोछरितो आफ्नो गन्तव्यतर्फ पठाउन सहज हुने बताइएको छ ।

भन्सार प्रतिनिधिले व्यापारीको सामग्री सुरक्षा र जाँच परीक्षणमा सहजीकरण गरी पुलको काम गर्ने, आयात गरिएका मालवस्तु तलमाथि भएमा प्रतिनिधि जवाफदेही हुने भन्सारका कर्मचारीको भनाइ रहेको छ ।

चीनको केरुङबाट जुत्ता चप्पल, थर्मस, विद्युतीय उपकरण, तयारी कपडा, रोल कपडा, स्याउ, बच्चाका खेलौनालगायत विविध सामग्री आउने गरेको र सामान आउनासाथ सबै चिजको परीक्षण एवम् राजस्व असुल गरी राजधानी पठाउने गरेको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असार १० शनिवार १५:२८ मा प्रकाशित

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक...

दाङमा साढे १० हजार बढी मत बदर

दाङमा साढे १० हजार बढी मत बदर

दाङ । दाङमा साढे १० हजार बढी मत बदर भएको...

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट...

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

जुम्ला । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना...

नेप्से परिसूचकमा सकारात्मक सर्किट

नेप्से परिसूचकमा सकारात्मक सर्किट

काठमाडौँ । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक...