back
CTIZAN AD

पर्यटकीय महत्वका स्थानमा निःशुल्क इन्टरनेट

वि.सं.२०७४ असार १३ मंगलवार

846 

shares

pashupatiकाठमाडौँ । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको छ ।

कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुसार पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा उनीहरुले प्रयोग गर्न पाउनेछन् । यो कार्य अब महानगरको पहिलो प्राथमिकतामा पर्नेछ, सहप्रवक्ता ढकालले भन्नुभयो ।

तत्कालका लागि इन्टरनेट राख्ने स्थानमा स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर राखिने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ ।

एक वर्षअघि रत्नपार्कमा इन्टरनेट राखेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि महानगरले अन्य स्थानमा पनि राख्ने तयारी गरेको हो । इन्टरनेट राख्नु पूर्व रत्नपार्कको आम्दानी वार्षिक रु ५० लाख हुने गरेको थियो । अहिले वार्षिक रु एक करोड आम्दानी हुने गरेको कामनपाको दाबी छ ।

रत्नपार्कमा इन्टरनेट राखेको एक वर्ष भयो, इन्टरनेटसँगै त्यहाँको सौन्दर्य पनि राम्रो बनाएपछि पर्यटकको आगमनमा वृद्धि भएको हो । त्यसैले अन्य स्थानमा पनि यस किसिमको व्यवस्था गर्न लागिएको बुझिएको छ ।

वि.सं.२०७४ असार १३ मंगलवार ०३:१३ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...