
१३ असार, एजेन्सी । नँया सिजनको सुरुवात हुनुपुर्व यति बेला युरोपेली फुटबल क्लबहरुमा खेलाडी स्थान्तरणको विषयले बजार तातिराखेको छ । क्लबहरु स्टार खेलाडीहरुलाई किन्न लागिपरेका छन् । यसै बेला फ्रेन्च क्लब एएस मोनाकोबाट व्यवसायिक फुटबल खेल्दै आएका फ्रेन्च खेलाडी १८ वर्षिय किलियन एम्बेप्पेलाई भित्राउन युरोपेली फुटबलकाम महारथी क्लबहरु लागि परेका छन् । गत जनवरीबाट मात्र मोनाकाकोे पहिलो रोजाईमा परेका एम्बेप्पेले गत ५ महिनामा गरेको प्रर्दशन नै युरोपको धनाढ्य क्लबहरुलाई लोभ्याउन काफी रहेको छ ।
एम्बेप्पेलाई क्ल्ब भित्राउन फ्रेन्च क्लब पिएसजी, इङिलिश क्लब आर्सनल, म्यान्चेष्टरयुनाईटेड, म्यान्चेष्टर सिटी लगायतका क्ल्बहरुले चाँहना व्यक्त गरेका छन् । उनलाई भित्राउनको लागि स्पेनिश क्लब रियल म्याड्रिडले विश्व किर्तिमानी रकमको प्रस्ताव तयारी गरेको छ । फ्रान्सबाट प्रकाशित हुने एक पत्रिकाका अनुसार रियलका वर्तमान प्रशिक्ष जिनेदिन जिदानले एम्बेप्पे सँग गोप्य रुपमा भेटेको खुलासा गरेको छ । एम्बेप्पेले पनि रियलबाट खेल्न चाँहेको बताउदै आएका छन् । एम्बेप्पेले रियलका प्रशिक्षक तथा फ्रान्सका पुर्व फुटबल स्टार जिदानलाई आफ्नो फुटबल आईडल मान्दै आएका छन् । तर्सथ एम्बेप्पे रियल आउने कुरामा प्रशिक्षक जिदान तथा क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज ढुक्क रहेका छन् ।
वि.सं.२०७४ असार १३ मंगलवार ०६:३२ मा प्रकाशित


























