back
CTIZAN AD

अमेरिकाद्वारा मतदाताको अधिकारलाई सम्मान गर्न आग्रह

वि.सं.२०७४ असार १३ मंगलवार

849 

shares

१३ असार, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले दोस्रो चरणको निर्वाचनमा मतदाताको अधिकारको सम्मान गर्न सबैसँग आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रेस वक्तव्य जारी गर्दै शान्तिपूर्ण निर्वाचनको शुभेच्छा व्यक्त गरेको छ ।

वक्तव्यमा भनिएको छ  :

“स्थानीय तह निर्वाचनको दोस्रो चरणलाई स्वतन्त्र, स्वच्छ तथा पारदर्शी रूपमा सम्पन्न गर्नका निम्ति नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको संयुक्त राज्य अमेरिका उच्च मूल्याङ्कन गर्न चाहन्छ । निर्वाचनद्वारा नै नागरिकले आफ्नो राजनीतिक इच्छा व्यक्त गर्दछन् । यस अधिकारलाई नेपालको कानुन र संविधानका साथै मानव अधिकारको विश्‍वव्यापी घोषणाको धारा २१ मा प्रत्याभूत गरिएको छ ।

असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सबै सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छौँ ताकि प्रदेश १, ५ र ७ का नागरिकहरूलाई स्थानीय जनप्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने अवसर मिलोस् ।

हामी सबै पक्षहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता तथा नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछौँ । साथै, हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गर्न चाहन्छौँ ।

शान्तिपूर्ण, समावेशी, व्यापक समर्थन प्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नका लागि संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ ।”

वि.सं.२०७४ असार १३ मंगलवार ०६:३३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...