back
CTIZAN AD

मतदाताहरु मतदान गर्न आतुर

वि.सं.२०७४ असार १३ मंगलवार

918 

shares

१३ असार, ताप्लेजुङ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै ताप्लेजुङ सदरमुकाम सुनसान बन्दै गएको छ ।

विभिन्न पेसा व्यवसाय गरी सदरमुकाम बस्दै आएकाहरु मतदान गर्न आआफ्नै गाउँ फर्किएपछि सदरमुकाम सुनसान बन्दै गएको हो । मौनअवधि सुरु हुनु पुर्व चियापसलदेखि ठूलठूला होटलसम्म दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो भने अहिले सदरमुकामवासी मात्र फाट्टफुट्ट देखिन्छन् । मौनअवधिमा भोट माग्न तथा चुनावी प्रचार गर्न नपाइने भएकाले पनि स्थानीय नेता कार्यकर्ता बाहिर निस्किएका छैनन् ।

सदरमुकामका कतिपय पसल बन्द देखिएका छन् भने खुलेका पसलमा पनि किनमेल हुन छाडेको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका सबै निर्वाचन केन्द्र तथा मतदानस्थलमा मतदान अधिकृतसहितका कर्मचारी पुगेका छन् भने मतदातालाई परिचयपत्र बाँड्नेदेखि लिएर अरु तयारी तीव्ररुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदानको ब्यग्र प्रतिक्षामा रहेका स्थानीयवासी पनि मतदानमा भाग लिन आतुर देखिएका छन् । असारे चटारो भएपनि मतदानमा भाग लिन स्थानीय आतुर देखिएका हुन् । जिल्ला बाहिर रहेका मतदाता पनि आफ्ना काम धन्दा छाडेर मतदानका लागि जिल्ला भित्रने क्रम बढ्दो छ । सिक्किम, दार्जिलिङ, तराईका जिल्ला र राजधानीमा बसोबास गर्दै आएका आफ्नै गाउँघरमा मतदानका लागि फर्किएका छन् ।

वि.सं.२०७४ असार १३ मंगलवार ०७:०२ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...