back
CTIZAN AD

सुख्खा डाँडामा पानी आएपछि खुसियाली

वि.सं.२०७४ असार १३ मंगलवार

918 

shares

dhading

१३ असार, मलेखु (धादिङ) । ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँबासीमा खुसियाली छाएको छ ।

पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताउनुभयो । लामो समयदेखि खरीमा पानीको समस्या आएपछि जमिनमुनिबाट डिप बोरिङ गरी पानी निकालिएको थियो ।

“गाउँलेले पानी आउँछ भन्ने नै विश्वास गरेनन् । यन्त्र ल्याएर पानी निकालेपछि गाउँबासी हर्षित भएकाले अब जिल्ला समन्वय समिति र डिसिए नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा खानेपानी योजना निर्माण गरिने छ”, पोखरेलले बताउनुभयो । डिटिएच रक डिलिङ कम्पनी र पूर्व गाविस अध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि रु चार लाख खर्च गरेर यन्त्र ल्याई पानी निकालिएको हो ।

सुख्खा डाँडामा यन्त्रले डिप बोरिङका लागि खनेपछि १२० मि तल पानी भेटिएको थियो । पानी दीर्घकालीन रुपमा निकालेर गाउँवासीले प्रयोग गर्न सकून् भनेर २०५ मि तलबाट पानी निकालिएको छ । यसो गर्दा पानीको गुणस्तर राम्रो हुने र दीर्घकालीन रुपमा पानी पुग्ने कम्पनीले जिकिर गरेको छ ।

हाल साढे ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ । यसरी हेर्दा प्रतिघन्टा ३० हजार लि सफा पानी खानयोग्य हुने गरी बाहिर निकालिएकाले गाउँमा पानीको समस्या हल हुने पोखरेलको भनाइ छ । रानीपोखरी, धुसेनीलगायत स्थानमा ५२० घरले सो पानी उपभोग गर्ने गरी रु ४० लाखको लागतमा योजना निर्माण गरिने योजना छ ।

भूकम्पपछि गाउँमा पानीको हाहाकार भइरहेकाले धुसेनी कामीडाँडामा २५०, अम्बोटे पोखरीमा २००, भत्केको पौवामा २०० र अन्नपूर्ण घलेडाँडामा ३०० घरका लागि यसरी नै डिप बोरिङ गरेर पानी निकाली गाउँमा वितरण गर्ने योजना छ । एक हप्ताको अनुभव हेरी कम्पनी र पूर्वगाविस अध्यक्ष पोखरेलले पानी ननिस्केमा व्यक्तिगत खर्च गर्ने र पानी निस्किएमा योजना सञ्चालन गर्ने गरी काम सुरु गरिएको छ ।

वि.सं.२०७४ असार १३ मंगलवार ०७:३० मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...