back
CTIZAN AD

मुग्लिन नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा

वि.सं.२०७४ असार १३ मंगलवार

924 

shares

 

१३ असार, चितवन । मुग्लिन नारायणगढ सडक खण्डको टोपे खोला नजिक आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ ।

मुग्लिनबाट तीन किलोमिटर दक्षिण नारायणगढतर्फ पहिरो खसेको हो । नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउन दुईवटा लोडर परिचालन गरिएको थियो ।

सडक अवरुद्ध भएपछि अनुगमनका लागि चितवन आउँदै गरेको व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी तथा सदस्यद्वय गुरु बुर्लाकोटी र प्रकाश अधिकारी शर्मासहितको टोली बाटोमै अलपत्र परेको थियो । सडक अवरुद्ध भएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्नका लागि घर जाँदै गरेका सयौँ मतदाता अलपत्र परेका थिए ।

सडक सञ्चालनमा आएसँगै पत्रकारसहित आएको संसदीय टोलीले अनुगमन कार्यलाई अगाडि बढाएको छ । रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर खनालका अनुसार सो सडकमा समय समयमा पहिरो खस्ने समस्या देखिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । रासस

वि.सं.२०७४ असार १३ मंगलवार १०:३३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...