back
CTIZAN AD

मगर संघ मलेसियामा पुश्मिता ठाडा (भिडियो सहित)

वि.सं.२०७४ असार १३ मंगलवार

678 

shares

magar sanghmमगर संघ मलेसियाको ७ औ अधिबेशनले पुश्मिता ठाडा मगरलाई अध्यक्षमा चयन गरेको छ ।  नेपाल मगरसंघ मलेसियाका संस्थापक, पूर्वअध्यक्ष तथा एनआरएनए मलेसियाका महासचिव सुन्दर आले मगरको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष नर बहादुर पुन मगरको सभापतित्वमा २५ जुनका दिन सम्पन्न भएको अधिबेशनले ठाडाको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षहरुमा वरिष्ठ उपाध्यक्ष दिपु पुलामी मगर, उपाध्यक्षमा रुपेन आले मगर, (रुपेन आले), यम बबाल मगर, हुम राना मगर, वेग आले मगर, महिला उपाध्यक्षमा सानु आले मगर रहेका छन भने महासचिवमा सागर गाहा मगर, कार्यालय सचिबमा रमेश थापा मगर सचिबहरुमा शंकर ब.बङगगी मगर, रमेश आले मगर, गोप राना मगर, कोषाध्यक्षमा सन्जय मगर, सह–कोषाध्यक्षमा सुश्री बिना थापा मगर, संगठन बिभाग प्रमुखमा चुर्ण पुन मगर, सहसंगठन बिभाग प्रमुख सुश्री भवानी सिङजाली मगर र सास्कृतिक बिभाग प्रमुखमा दिल मस्राङ्गी मगर रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दान ब. मावाले मगर, राम चन्द्र सारु मगर, हरि ब. बाठा मगर, खेम बराल मगर, कर्ण ब. घर्ती मगर, बुद्ध ब. थामी मगर, भिम ब. आले मगर, बुद्धि ब. रोका मगर, भोज राज मगर नवीन बुढाथोकी मगर र कर्म सरी बुढा मगर रहेका छन् ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई नेपाल मगर संघकी सचिव तथा विदेश विभाग प्रमुख रक्षा रइकालो फोनमार्फत सपथ ग्रहण गराएकी थिइन् ।  संघले पेनाङ क्षेत्रबाट सदस्यहरु मनोनित हुन बाँकी रहेको जनाएको छ ।
त्यसैगरी सोहि अवसरमा संघको लाङघाली आवाजको पनि विमोचन पनि गरिएको थियो ।

वि.सं.२०७४ असार १३ मंगलवार ०९:४२ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...