back
CTIZAN AD

टेबलटेनिसमा नवीन च्याम्पियन

वि.सं.२०७४ असार १३ मंगलवार

906 

shares

१३ असार,काठमाडौँ  । नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको विधामा च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा आज भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । निगमका सुरेशविक्रम हमाल तेस्रो भए ।

निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा पराजित गरे ।

निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेस्रो भए । यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला एकलतर्फ स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोस्रो तथा निमा डोमा शेर्पा तेस्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् ।

विजेतालाई निगमको ५९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिनेछ ।

पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौँ–हङकङ–काठमाडौँ, काठमाडौँ–क्वालालम्पुर–काठमाडौँ र काठमाडौँ–बैंकक–काठमाडौँको हवाई टिकट पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । चारदिने उक्त प्रतियोगितामा ४० पुरुष र चार महिला प्रतिस्पर्धीले विभिन्न तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । रासस

वि.सं.२०७४ असार १३ मंगलवार १४:२५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...