असार १६ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार र स्वतन्त्र उम्मेदवार बीच दह्रो प्रतिस्पर्धा हुने देखिएको छ ।
मेयर पदमा कांग्रेस उम्मेदवारले झिनो मतले अग्रता लिएका छन् । ।मेयरमा कांग्रेसका उम्मेदवार निर्पबहादुर ओडले ७ सय १८ मत ल्याएका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ सय ९० मत ल्याएर पछ्याएका छन् ।
एमालेका दुर्गाप्रसाद जोशीले १ सय ६१ र माओवादी केन्द्रका रामसमज जोशीले १ सय ४८ मत ल्याएका छन् । यस्तै उपमेयरमा कांग्रेसले ८ सय १३ मत ल्याएको छ भने एमालेले ३ सय ४० र माओवादी केन्द्रले २ सय ७९ मत ल्याएको छ ।
वि.सं.२०७४ असार १६ शुक्रवार ०६:४५ मा प्रकाशित





























