back
CTIZAN AD

रोनाल्डो बने ३ छोराका बाबु

वि.सं.२०७४ असार १६ शुक्रवार

825 

shares

ronaldo

१६ असार, एजेन्सी । पोर्चुगिज तथा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टयानो रोनाल्डोले आफु जुम्ल्याहा सन्तानको पिता बनेको घोषणा गरेका छन् । कन्फडेरसन कपको सेमिफाईनलमा चिली सँग पराजय पश्चात रोनाल्डोले आफु जुम्लयाहा सन्तानको पिता बनेको खुलासा गरेका हुन् । यसै गरी रोनाल्डाले आफ्नो फेसबुक तथा ईन्सटाग्राममा जुम्ल्याहा बच्चा सँगको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै रोनाल्डाले आफु जुम्ल्याहा सन्तानको पिताखबन पाउदा एकदमै खुसी लागेका कताएका छन् । रोनाल्डोले अमेरिकामा सरोगेट मदरको सहायता बाट जुम्ल्याहा बच्चा जन्माएका हुन् । यो सँगै रोनाल्डो तीन सन्तानका पिता बनेका छन् । रोनाल्डोका सात वर्षिय छोरा समेत रहेका छन् । रोनाल्डोका ३ जना छोराहरु सबैजना सरोगेसी मार्फत जन्माएका हुन् ।

ronaldo

कन्फडेरसन कपको सेमिफाईनलमा चिली सँग हारेपछि प्रतिक्रिया दिँदै रोनाल्डोले आफुहरुले आफ्नो लक्ष्य हासिल गर्न नसकेको भएपन आफुहरुले पोर्चुगिज जनतालाई फेरि पनि खुशी दिलाउने बताएका छन् । उनले आफु कन्फडेरसन कपको तेस्रो स्थानको लागि खेलिने खेल भन्दा अघि नै राष्ट्रिय  टिमबाट  विदा भएर आफ्ना जुम्ल्याहा सन्तानलाई भेट्न गएका हुन् ।

वि.सं.२०७४ असार १६ शुक्रवार ०५:३९ मा प्रकाशित