Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

महानगरमा काँग्रेसको अग्रता कायमै



१८ असार, विराटनगर। विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा (एमाले)का विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा (माओवादीकेन्द्र)की नमीता न्यौपानेले एक हजार ६१३ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले एक हजार ५३६ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच, विराटनगर महानगरपालिकाको दक्षिणी भेगका वडाहरुमा ठूलो परिमाणमा मत बदर भएको छ । ती वडामा १५ देखि २० प्रतिशतसम्म मतपत्र बदर भएको अपुष्ट जानकारी प्राप्त भएको छ । सो क्षेत्रका कतिपय मतदाताले मतपत्रमा औँठा छापको पनि प्रयोग गरेका छन् ।
यही असार १५ गतेदेखि विराटनगरको १, २, ३, ४, १६ र १८ नं वडाको मतगणना जारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।