१८ असार, अछाम । अछामको चौरपाटी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई एक मतले हराएका छन् । चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हर्कबहादुर साउदले नेकाका उम्मेदवार भीमबहादुर साउदलाई १ मतले हराएका हुन् ।
अध्यक्षमा निर्वाचित साउदले ३ हजार एक सय ३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिदन्द्धी नेपाली कांग्रेसका भीम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका हुन् ।
यसै गरि उपाध्यक्षमा नेपाली कांग्रेसकी कांग्रेसकी माया कुँवर ३ हजार १ सय ७३ मत ल्याउदै विजयी भएकी हुन् । उनकी निकटम प्रतिदन्द्धी नेकपा एमालेकी सुशीला बोगटीले ३ हजार १ सय १ मत ल्याएकी हुन् ।
वि.सं.२०७४ असार १८ आइतवार ०९:०५ मा प्रकाशित






























