back
CTIZAN AD

आईएमइ (क्योदाई रेमिटेन्स) को नयाँ शाखा फुकुओकामा

वि.सं.२०७४ असार १८ आइतवार

756 

shares

kyodai3जापान लगायत विश्वका बिभिन्न मुलुकहरुमा समेत रेमिट्यान्स कारोवार गरिरहेको आईएमई इन्टरनेसनल मनि ट्रान्सफर (क्योदाई रेमिटेन्स) ले आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा थप एक शाखा संचालनमा ल्याएको छ ।

आईएमका प्रमुख कार्यकारी सुमन पोख्रेलको प्रमुख आतिथ्यमा क्योदाई रेमिटेन्सका प्रमुख लगायत एनआरएनए जापानका उपाध्यक्ष टंक गैरेका साथै फुकुओकाका बिद्यमान विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र त्यहाँका सामाजसेवी ब्यबशायी एबम प्रतिष्ठित व्यक्तिहरुद्वारा रिबन काटेर बिशेष कार्यक्रमका बीच जुन ३० का दिन आईएमई (क्योदाई) हाकाता शाखाको समुदघाटन गरिएको छ ।

kyodi
कार्यक्रमका प्रमुख अतिथि सुमन पोख्रेलले आईएमई इन्टरनेसनल मनी ट्रान्सफरले नेपालमा आर्थिक कारोबार मात्र नभई अन्य क्षेत्रमा पनि लगानी गरिरहेको कुरा दर्साउदै आईएमई भनेको नै सबै रेमिटेन्स हो अर्थात विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आईएमइको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताए ।

पोखरेलले आइएमई अतिनै बिस्वासिलो र भरपर्दो माध्यम बनेको हुनाले ढुक्कसँग पैसा पठाउन जापानमा रहेका नेपालीहरुलाई आग्रह गर्दै नयाँ योजना सहित आइएमईका सेवाहरु अझ बिस्तार गर्दै जाने कुरा पनि पोखरेलले बताए ।

kyodai2
टोक्यो पछि नेपाली बिद्यार्थीहरुको बाहुल्यता रहेको फुकुओकामा रहेको हुनाले नेपालकै नम्बर वान रेमिट्यान्स आईएमई प्रतिको माग र सर्बसुलभ बनाउने उदेश्यले फुकुओकाको केन्द्र र नेपालीहरुको चाप भएको हाकाता स्टेसन नजिकै नया शाखा बिस्तार गरिएको कुरा आई.एम.इ हाकाता ब्रान्च म्यानेजर राम कृष्ण श्रेष्ठले बताए ।

kyodai4

श्रेष्ठले नयाँ शाखा थपसँगै फुकुओकामा रहेका सम्पूर्ण संघ संस्था लगायत अन्य समूह र बिशेष कुरामा छलफल गर्नु परेमा नि:शुल्क बैठक बस्न हलको ब्यबस्था गर्ने घोषणा समेत गरेका थिए ।

वि.सं.२०७४ असार १८ आइतवार ०८:३८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...