१८ असार, काठमाडौँ । बर्दियाको गेरुवा गाउँपालिका प्रमुखमा मा नेपाली कांग्रेस विजयी भएको छ । गेरुवा गाउँपालिकामा कांग्रेसका जमानसिंह केसी ६ हजार ३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विश्व बहादुर थारुले पाँच हजार १ सय ५८ मत प्राप्त गरेका छन् ।
यसै गरि उपाध्यक्षमा माओवादी केन्द्रकी हेम कुमारी थरुनी ५ हजार ५ सय ५३ मत ल्याएर विजयी भयकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी नरु सिंहले ५ हजार ३ सय १२ मत ल्याएकी छन् ।
वि.सं.२०७४ असार १८ आइतवार ०९:३५ मा प्रकाशित






























