back
CTIZAN AD

रुपन्देहीको कञ्चन गाउँपालिकामा एमाले विजयी

वि.सं.२०७४ असार १८ आइतवार

1.2K 

shares

१८ असार, लुम्बिनी । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको रुपन्देहीमा अन्तिम मत परिणाम आउने क्रम सुरु भएको छ ।

रुपन्देहीका १६ स्थानीय निकायमध्ये कञ्चन गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । कञ्चन गाउँपालिकामा नेकपा(एमाले)ले अध्यक्ष तथा उपाध्यक्ष दुवैमा जितेको छ ।
पाँच वटा वडा रहेको गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री छ हजार ७७७ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी गोमा पराजुलीले छ हजार ९२४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिनुभयो ।

उहाँहरु काँग्रेसका डोलबहादुर थापा र तीर्थीकुमारी थरुनीलाई पछाडि पार्दै विजयी हुनुभएको हो । थापाले पाँच हजार ९६७ र थरुनीले पाँच हजार ५२९ मत ल्याउनुभएको थियो ।

एक्काइस हजार ५४३ मतदाता रहेको गाउँपालिकामा १६ हजार ७४ मत खसेको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिनुभयो । गाउँपालिकामा बदर मत भने निकै न्यून रहेको बताइएको छ ।

वि.सं.२०७४ असार १८ आइतवार ०९:४० मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...