back
CTIZAN AD

कांग्रेसले बुटवलमा खाता खोल्यो

वि.सं.२०७४ असार २० मंगलवार

729 

shares

२० असार, बुटवल  । रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ ।
उपमहानगरको १९ वडामध्ये आज भएको वडा नंं १३ को मतगणनामा नेपाली कांग्रेसका नारायणसिंह पुन विजयी हुनुभएको छ । उहाँले एक हजार ७६५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का योग गुरुङले एक हजार ३६३ मत प्राप्त गर्नुभएको छ । यसअघि उपमहानगरका वडा नं. १ देखि १२ सम्म लगातार एमालेले जित हात पारेको थियो । जिल्लाको समरिमाई गाउँपालिकामा फोरम (लोकतान्त्रिक) विजयी भएको छ ।
आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार उक्त गाउँपालिकाको अध्यक्षमा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का जितेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत प्राप्त गरेर विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याउनुभएको छ ।
उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी प्रियङ्का शाही सिंह विजयी हुनुभएको छ ।
उहाँले दुई हजार ८१६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमकी कमलावती अहिरनीले दुई हजार १७० मत प्राप्त गर्नुभएको छ । रासस

वि.सं.२०७४ असार २० मंगलवार १४:०० मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...