२१ असार एजेन्सी । स्पेनिश क्लब एट्लेटिको म्याड्रिका लेफ्ट ब्याक तथा स्टार युवा खेलाडी थिओ हर्नान्डेज कट्टर प्रतिदन्द्धी रियल आउने पक्का भएको छ । स्पेनिश खबर अनलाईन मार्काका अनुसर रियलले हर्नान्डेजलाई हर्नान्डेजलाई क्लबमा भित्राएर अर्को हप्ता हुन् लागेको अमेरिकाको प्रि सिजन टुरमा समावेश गर्न लागेको बताएको छ ।
गत सिजन सपेनिश क्लब आलाभेजमा लोनमा रहेका डिफेन्डर हर्नान्डेजले निकै राम्रो प्रर्दशन गरेका थिए । उनी रियल आउने पक्का भएसगैँ उनलाई स्टार लेफ्ट ब्याक मार्सेलोको उत्तराधिकारीको रुपमा लिईएको छ । अब आउने शुक्रबार वा शनिवार मध्ये एक दिन उनलाई रियलले उनको सम्झौताको घोषणा गर्ने तयारी गरेको छ । १९ वर्षे फ्रेन्च खेलाडी हर्नान्डेजलाई भित्राउन रियलले करिब २५ मिलियन पाउन्ड बराबरको रकम खर्च गर्ने तयारी गरेको छ ।
हर्नानडेज रियल आउने पक्का भए सगैँ स्पेनिश सहर म्याड्रिडका यी दुई प्रतिद्वनद्धी क्लबहरु बिच १७ वर्ष पछि एउटा क्लबको खेलाडी अर्को क्लब जाने पक्का भएको हो । १७ वर्ष पहिले सान्टिएगो सोलारी एट्लेटिकोबाट रियलमा गएका थिए । त्यसपछि यी दुई क्लब बिच खेलाडीको स्थान्तरण हुन सकेको थिएन् ।
वि.सं.२०७४ असार २१ बुधवार ०८:३४ मा प्रकाशित


























