back
CTIZAN AD

औलोको जोखिम न्यूनीकरण गर्न सत्तरी हजार निःशुल्क झूल वितरण

वि.सं.२०७४ असार २३ शुक्रवार

744 

shares

२३ असार, कञ्चनपुर । कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ ।

औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको हो । कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले भन्नुभयो, “गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरेका छौं ।”कञ्चनपुरमा बर्षेनी औलोका बिरामीको सङ्ख्या ९०० को हाराहारीमा रहने गरेको छ ।

औलोसम्बन्धी कार्य सम्पादनमा कञ्चनपुर उत्कृष्ट

औलो रोग रोकथामका लागि कञ्चनपुर जिल्लाजनस्वास्थ्य कार्यालय पुरस्कृत भएको छ । औलोसम्बन्धी कार्य सम्पादनमा देशभरिमै कञ्चनपुर उत्कृष्ट ठहरिएपछि स्वास्थ्य विभाग र इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रशंसापत्रसहित पुरस्कृत गरेको औलो शाखाका प्रमुख जोशीले बताउनुभयो ।गत वर्षको कार्य सम्पादका आधारमा कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

वि.सं.२०७४ असार २३ शुक्रवार ०८:०३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...