२३ असार, झापा । झापाको दमक नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका रोमनाथ ओली १० हजार ८ सय ६ मत ल्याई विजयी भएका हुन् । विजयी ओली एमाले अध्यक्ष केपी ओलीका भतिजा समेत हुन् । यस्तै उपमेयरमा एमालेकै गीता अधिकारी १२ हजार ६ सय २५ मत ल्याई विजयी भएकी हुन् ।
वि.सं.२०७४ असार २३ शुक्रवार ०९:२२ मा प्रकाशित






























