Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

पुन : बाबु बन्दै रोनाल्डो, प्रेमिका जर्जिना गर्भवती रहेको खुलाशा



ronaldo bb
२३ असार, काठमाडौँ । पोर्चुगल तथा रियल म्याड्रिडका स्टार यति बेला चर्चामा छन् । रोनाल्डो भर्खरै जुम्ल्याहा छोराहरुको पिता बनको कारण यति बेला चर्चामा रहेका छन् । यसै बीच रोनाल्डोकी प्रेमिका जर्जिना गर्भवती रहेको खुलाशा भएको छ । बेलायती खबर पत्रिका डेलि मेलका अनुसार रोनाल्डोकी प्रेमिका गर्भवती रहेको खुलाशा गरेको छ ।

ronaldo

कन्फेडेरसन कप पछि अहिले विदा मनाईरहेका रोनाल्डो हिजो स्पेनको ईबिजामा आफ्नी प्रेमिकाजर्जिना रोड्रिग्वेजसँग देखिएका छन् । उनकी प्रेमिका टाईट जम्पुटमा देखा परेकी थिईन । तस्बिरमा जर्जिनाको पेट अस्वभाविक ठुलो देखिएको छ । यस्तै अर्को बेलायती पत्रिका द सनका अनुसार रोनाल्डोकी प्रमिका पाँच महिनाको गर्भवती रहेको खुलाशा गरेको थियो । सनका अनुसार रोनाल्डोकी प्रेमिकाले अक्टोबरमा छोरीलाई जन्म दिन लागेको खुलाशा गरेको थियो । जुन कुरालाई मलजल गर्ने गरि रोनाल्डो र उनकी प्रेमिकाको तस्बिर सार्वजनिक भएको छ । यो सगैँ रोनाल्डोले चौथो बच्चालाई जन्म दिदै छन् । यसअघि सरोगेसी मार्फत तीन वटा छोरालाई जन्म दिएका रोनाल्डो यो पटक भने  जन्मिने बच्चाको आमाको बारेमा सबै कुरा थाहा हुने भएको छ ।

ronaldoo

रोनाल्डो दुई वर्ष देखि स्पेनिश मोडल रोड्रिग्वेज सँग प्रेम सम्बन्धमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी