back
CTIZAN AD

बेल्जियमस्थित भुटानका राजदुतलाई लुम्बिनीको तस्बिर उपहार

वि.सं.२०७४ असार २३ शुक्रवार

852 

shares

bhutani-rajdoot-with-damodar-2

०७ जुलाई, ब्रुसेल्स । भगवान गौतमबुद्ध र बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको राष्ट्रिय पहिचान र गौरव हुन् भन्ने तथ्यलाई विश्वव्यापीरुपमा प्रचारप्रसार गर्दै आइरहेको लुम्बिनी-कपिलवस्तु विश्व अभियानले विहिवार बिहान भुटानका तर्फबाट बेनेलक्सर युरोपियन युनियनका लागि राजदुत पेमाचोदेनलाई सुन्दर फ्रेममा राखिएको लुम्बिनीको तस्बिर उपहार स्वरूप प्रदान गरेको छ।

अभियानका तर्फबाट राजदुतसंग औपचारिकवार्ताका लागि अनुरोध गरेअनुसार ब्रुस्सेल्सस्थित भुटानको राजदुतावासमा भएको औपचारिक बैठकका अवसरमा अभियानका युरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले लुम्बिनीको तस्बिर र अन्य सामग्री प्रदान गर्नुभएको हो।

बैठकका अवसरमा अध्यक्ष आचार्यले गतसाल नोभेम्वरमा लुम्बिनी विकाशकोषसँग सहकार्य गरेर ब्रुस्सेल्समा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रहरु र प्रवर्धनात्मक सामग्री लगायत राजदुतलाई उपहार प्रदान गर्नुभयो।

bhutani-rajdoot-with-damodar-1सो अवसरमा अध्यक्ष आचार्यले राजदुत समक्ष अभियानको गतिविधिहरुको बारेमा संक्षेपमा जानकारी गराउनुका साथै आगामी दिनहरुमा अभियानले गर्ने कार्यहरुमा राजदुतावासको सहयोग र सद्भावको लागि अनुरोध गर्नुभएको थियो। प्रत्युत्तरमा राजदुतले अभियानले गरेका कार्यहरु उत्कृष्ट र विश्वशान्तिको लागि धेरै महत्व राख्ने कार्य गरेको प्रति हार्दिक धन्यवाद दिदै सराहना गर्नुभयो।

उक्त अवसरमा  दुतावासको तर्फबाट राजदुतको स्वकीय सचिव र अभियानको तर्फबाट कार्यकारी समिति सदस्य एवं मोडल योगिता थापाको समेत उपस्थिति रहेको थियो।

वि.सं.२०७४ असार २३ शुक्रवार १४:४७ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...