back
CTIZAN AD

दोहोरी प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान प्रथम

वि.सं.२०७४ असार २४ शनिवार

960 

shares

२४ असार, काठमाडौँ । सांस्कृतिक संस्थाद्वारा यही असार २० देखि २२ गते सम्म सञ्चालित राष्ट्रव्यापी खुला दोहारी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति प्रथम भएको छ ।

देशैभरिबाट १७ टोलीले भाग लिएको उक्त प्रतियोगितामा न्यु गोधुली साँझ दोस्रो, नीलहीरा समाज काठमाडौँ दोस्रो र न्यु डाँफे दोहोरी साँझ सुन्धाराले सान्त्वना पुरस्कार पाएका छन् ।

अन्तिम चरणको प्रतिस्पर्धामा पुरुषतर्फ प्रकाश पराजुली र महिलातर्फ मीना थापा उत्कृष्ट भए । समाजसेवी पृथ्वी थकालीले उत्कृष्ट हुनेलाई रु पाँच÷पाँच हजार थप गरी जनही रु १० हजार तथा प्रोत्साहन पुरस्कार पाउने दिनेश खड्का धवलागिरि र टीका सानु विक राप्तीलाई जनही रु पाँच पाँच हजार प्रदान गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख सहित सिल्ड, तक्मा र प्रमाणपत्र तथा द्वितीय हुनेलाई रु ५० हजार आदि प्रदान गरिएको थियो । यसैगरी तृतीय हुनेले रु २५ हजार र सान्त्वना हुनेले रु १० हजार पाए ।

 लोकगायक मिलन लामाले वाद्यवादक कलाकारका लागि प्रोत्साहनस्वरुप रु १२ हजार तथा जुनकिरी दोहोरी साँझका सञ्चालिका तथा लोकगायिका सरु थापाले त्यसमा थप रु १० हजार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्कीले संस्थानले लोक तथा दोहोरी गीतको प्रवद्र्धन र विकास गर्न गरेको प्रतियोगिता अत्यन्तै महत्वपूर्ण र सराहनीय भएको बताउनुभयो । वरिष्ठ लोकगायक प्रजापति पराजुलीले नाचघरले दोहोरी गीतको प्रतियोगितामार्फत दोहोरी क्षेत्रकै सम्मान गरेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

संस्थानका महाप्रबन्धक राजेश थापाले राष्ट्रव्यापी दोहोरी गीतको प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिनुभयो  ।

 

वि.सं.२०७४ असार २४ शनिवार ०२:३४ मा प्रकाशित

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...