back
CTIZAN AD

संशोधन गर्न एमालेले नदिएको आरोप

वि.सं.२०७४ असार २४ शनिवार

684 

shares

२४ असार, काठमाडौँ  । नेपाली काँगे्रसका केन्द्रीय सदस्य महेन्द्र यादवले संविधान संशोधन गर्न नदिई नेकपा (एमाले)ले मुलुकमा सधैँभरि द्वन्द्व कायम राखी आफ्नो शक्ति मजबुत बनाउने रणनीतिक चाल चालिरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधन गर्न नदिई संविधानलाई सर्वस्वीकार्य बनाउन असहयोग जारी राखेमा ऊ इतिहासमा दोषी हुनुपर्ने बताउनुभयो ।

नेपाली काँगे्रस र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर संविधानलाई मधेसी जनताको पनि अपनत्व गराउने प्रयास गरिरहेको र यसमा प्रधानमन्त्री सफल हुने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले संविधान संशोधन, प्रदेश तथा सङ्घको निर्वाचनमा नेकपा (एमाले) बाधक बनिरहेको बताउँदै एमालेकै कारण देश अनिर्णयको बन्दी बनिरहेको बताउनुभयो । उहाँले संविधानलाई संस्थागत गर्ने जिम्मेवारी सरकारी दलहरुसहित प्रमुख प्रतिपक्षको पनि रहेको चर्चा गर्नुभयो ।

एमाले प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलले मधेसी जनताको समस्या समाधान गर्न एमाले कहिल्यै बाधक नबनेको उल्लेख गर्दै मधेसी समुदायमाथिको विभेद भने अझै समाधान नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारले संविधान संशोधन प्रस्ताव टेबुल गरेपनि पास गर्ने वातावरण तयार नगरेको विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता महेन्द्रराय यादवले राजपाले प्रदेशको सीमाङ्कन निर्धारण गर्ने उच्चस्तरीय आयोगको प्रतिवेदनअनुसार १४ प्रदेश बनाउने तथा पहिचानका आधारमा नामाङ्कन गर्ने आफ्नो माग नत्यागेको बताउनुभयो ।

आफूहरुको मूल माग संविधान संशोधन रहेको र सरकारसँगको तीनबुँदे सहमतिअनुसार स्थानीय निकायको सङ्ख्या थप, आफ्ना कार्यकर्तामाथिको झुठा मुद्दा खारेजी तथा मृतकलाई शहीद घोषणा नभएसम्म तेस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिने र एक साताभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभयो । रासस

वि.सं.२०७४ असार २४ शनिवार १२:३८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...