Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि



२४ असार,इलाम  । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७१/०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ । चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

इलाम अस्पतालसहित जिल्लाभरी १८ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाहेक मेरीस्टोप्स सेन्टर, नेपाल परिवार नियोजन सङ्घले पनि सुरक्षित गर्भपतन सेवा प्रवाह गरिरहेका छन् । असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने भएकाले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्नु भनेको यस क्षेत्रका महिलामा सुरक्षित गर्भपतन सम्बन्धी चेतना बढ्नु हो, जनस्वास्थ्य प्रमुख मल्लले बताउनुभयो ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था छ ।
पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

राज कुमार राजभण्डारी, खोटाङ्गे थिमी, भक्तपुर १. सबेरै उठ्नु धेरै राम्रो स्वास्थ शरीर बन्छ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।