२५ असार, एजेन्सी । चर्चित फुटबल वेभसाईट “फोर फोर टु” ले सन् २०१७ का उत्कृष्ट फुटबल म्यानेजरको सुची सार्वजनिक गरेको छ । फोर फोर टुका अनुसार यस वर्षको उत्कृष्ट फुटबल म्यानेजरको रुपमा चेल्सीका म्यानेजर एन्टोनियो कोन्टे घोषित भएका छन् । कोन्टेको प्रशिक्षकत्वमा चेल्सीले निकै राम्रो खेल खेल्दै प्रिमियर लिगको उपाधि जितेको थियो ।
यस्तै सुचीको दोस्रो स्थानमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान घोषित भएका छन् । जिदानको प्रशिक्षकत्वमा रियलले लालिगा तथा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
यस्तै सुचीको तेस्रोमा ईटलियन क्लब युभेन्टसका म्यानेजर मास्सिमिलियानो एलेग्री घोषित भएका छन् ।
हेर्नुहोस शीर्ष १० सम्मको सुची
१) एन्टोनियो कोन्टे –चेल्सी
२) जिनेदिन जिदान– रियल म्याड्रिड
३) मास्सिमिलियानो एलेग्री– युभेन्टस
४) डिएगो सिमिओनी –एट्लेटिको म्याड्रिड
५) जोसे मौरिन्हो – म्यानचेष्टर युनाईटेड
६) लिओनार्दो जोर्डिम – मोनाको
७) कार्लो एन्सेलोट्टी –बार्यन म्युनिख
८) पेप ग्वार्डिओला – म्यान्चेष्टर सिटी
९) जर्गेन क्लोप – लिभरपुल
१०) पेटेर बोस्ज– आजाक्स, बोरुसिया डर्टमन्ड
वि.सं.२०७४ असार २५ आइतवार ११:३१ मा प्रकाशित




























