back
CTIZAN AD

पनेरुलाई अमेरिकामा प्रेसिडेन्ट अवार्ड

वि.सं.२०७४ असार २५ आइतवार

870 

shares

mani-paneru
लायन्स क्लब अफ सानलियान्ड्रो मनकामनाका गाइडिङ लायन तथा  नेपाल विश्व सहयोग संघ(एनएजिसि) का अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु अमेरिकाको गरिमामय प्रेसिडेन्ट भोलेन्टियर सर्भिस १०१६ अवार्डबाट विभूषित भएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय अन्तर्गत कर्पाेरेशन फर नेशनल एन्ड कम्युनिटी सर्भिसले सामुदायिक तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा गर्ने सामुदायिक नेतृत्वलाई हरेक वर्ष प्रदान गर्ने ‘द प्रेसिडेन्ट भोलेन्टियर सर्भिस’ पदकबाट यसवर्ष पनेरु पुरस्कृत भएका हुन् । समाजसेवी पनेरुललाई लायन्स क्लब, एनएजिसि लगायत संस्थाहरुमा समाजसेवामा गरेको सम्मान स्वरुप सो विभूषण प्रदान गरिएको हो ।

हालै शिकागोमा सम्पन्न लायन्स क्लव इन्टरन्यास्नलको सतवार्षिक उत्सवमा हजारौँ सहभागिहरुको उपस्थितिमा लायन्स क्लव इन्टरन्यास्नल पास्ट प्रेसिडेन्ट जो प्रेस्टनद्वारा पनेरु उक्त सम्मानबाट विभूषित भएका थिए । उनलाई पदक पुरस्कारसहित सुनको गोल्ड पिन (बिल्ला) र अमेरिकी राष्ट्रपतिको बधाई पत्र पनि हस्तान्तरण गरिएको थियो ।

यो अवार्ड सन् २००२ मा तत्कालीन राष्ट्रपति जर्ज डब्लुयु बुसले स्थापना गरेका थिए । यसअघि बाला घिमिरे, उत्तम कार्र्की र लीला कार्कीले यो अवार्ड पाइसकेका छन् ।

वि.सं.२०७४ असार २५ आइतवार ११:१० मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...