back
CTIZAN AD

विभिन्न सामाजिक संस्थाहरुद्वारा सप्तरीका बाढी पीडितलाई राहत वितरण

वि.सं.२०७४ असार २६ सोमवार

873 

shares

२६ असार, राजविराज । एक हप्ता अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत वितरण गरेका छन् ।

मोहुली खोलालगायत विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको लोहजरा गाविसका प्रभावित स्थानीय बासिन्दालाई झापाका रोट्र्याक क्लब अफ काँकडभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा १०० थान झुल, प्रत्येक परिवारलाई पाँच किलोका दरले चामल, खानेतेल, दाल र प्रत्येक परिवारलाई एक बोरा भुजा, २० कार्टुन वाइवाइ चाउचाउ र २० बोरा लत्ता कपडा वितरण गरिएको रोट्र्याक क्लब अफ काँकडभिट्टाले जनाएको छ ।

त्यहाँ करिब ९७ घर परिवारलाई रु एक लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको बताइएको छ । यस्तै बाढीबाट पीडित परिवारलाई जनकपुरको सक्रिय संयुक्त मधेस सङ्घर्ष समितिले समेत राहत प्रदान गरेको छ ।

समितिका पदाधिकारीले सप्तरी पुगेर जिल्लाको बाढी प्रभावित क्षेत्र मैनाकडेरी र रधुनाथपुरका पीडित परिवारलाई राहतस्वरुप विभिन्न सामग्री बाँडेका थिए ।

उक्त समितिले सप्तरीमा रु पाँच लाख मूल्य बराबरको त्रिपाल, ओछ्याउने फोम, लताकपडासहित औषधिसमेत बाँडेको सो समितिले जनाएको छ ।

त्यस्तै सप्तरीको खाँडो नदीको कटानबाट प्रभावित मलेठका बढी पीडित परिवारलाई जनज्योति कृषि सहकारी संस्थाले पनि संस्थाका बचतकर्ता तथा ऋणीलाई राहत वितरण गरेका छन् ।

उक्त संस्थाले संस्थाका बचतकर्ता एवम् ऋणीलाई नगद रु दुई हजारका दरले संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो ।

संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी हरेकृष्ण प्रसादसिंह हरिबाबुको प्रमुख आतिथ्य एवम् वरिष्ठ पत्रकार अनिलकुमार अनल उपस्थितिमा राहत वितरण गरिएको बताइएको छ ।

यसैगरी राजविराज नगरपालिका–९ को दलित बस्तीमा हेल्प नेपाल नेटवर्क काठमाडौँको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब सप्तरीको संयोजनामा मलेठका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

वि.सं.२०७४ असार २६ सोमवार ०५:४७ मा प्रकाशित

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम...

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...