back
CTIZAN AD

युनाईटेडका सर्वकालिन उच्च गोलकर्ताको १३ वर्षे करियरको अन्त्य, एर्भटन सँग दुई वर्षको सम्झौता

वि.सं.२०७४ असार २६ सोमवार

930 

shares

hererra

२६ असार, एजेन्सी । म्यान्चेष्टर युनाईटेडका किर्तीमानी गोलकर्ता वायन रुनी पुरानै क्लब एर्भटन गएका छन् । युनाईटेडमा १३ वर्ष बिताएका रुनी आफ्नो फुटबल करियर सुरु गरेको क्लब एर्भटन फर्किएका हुन् । रुनी सन् २००४ मा एर्भटन बाट म्यान्चेष्टर युनाईटेड गएका थिए । युनाईटेडका तत्कालिन म्यानेजर सर एलेक्स फरग्युसनले रुनीलाई करिब ३० मिलियन पाउन्ड स्र्टलिङ खर्च गरेर भित्राएका थिए । गत सिजन रुनीले सर बब्बी चाल्र्टनको नाममा रहेको २४९ गोलको रेर्कड तोड्दै युनाईटेडको सर्वकालिन उच्च गोलकर्ता भएका थिए । रुनीले यनाईटेडको जर्सीमा २५३ गोल गरेका छन् ।

rooney

गत सिजन प¥याप्त खेल्ने समय नपाएर असन्तुष्ट बनेका रुनी रेगुलर फुटबलको खोजीमा पुरानो घर एर्भटन फर्केका हुन् । एर्भटन सँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गर्दे रुनीले एर्भटनमा फर्कन पाउनु निकै खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । उनले क्लब अनय सदस्यसँग भेटेर ट्रेनिङ गर्न आफु निकै आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७४ असार २६ सोमवार ०६:३४ मा प्रकाशित