२७ असार, एजेन्सी । रियल मयाड्रिडका स्टार मिडफिल्डर हामेश रोड्रिग्वेजले जर्मन क्लब बार्यन म्युनिख सँग दुई वर्षको लोन सम्झौतामा हस्ताक्षर गरेका छन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले पर्याप्त खेल्ने समय उपलब्ध नगराउदा अस्नतुष्ट बन्दै आएका हामेशले रियल छाडेर कार्लो एन्सेलोट्टीको बार्यनमा अनुबन्धित भएका हुन् । पुर्व प्रशिक्षक एन्सेलोट्टी ले नै हामेशलाई एएसमोनाको बाट रियल लगेका थिए । हामेशले एन्सेलोट्टीको प्रशिक्षणमा उत्कृष्ट खेल खेल्दै आएका थिए ।
रियलबाट एन्सेलोट्टीको प्रस्थान सगैँ हामेशले दुइृ सिजन दोस्रो रोजाईमा खेलेका थिए । एन्सेलोट्टी सँग निकै राम्रो सम्बन्ध बनाएका हामेशको एन्सेलोट्टीसँग पुर्नमिलन भएको हो । बर्यन म्युनिखको वेभसाईटले यो कुरा पुष्टि गर्दै हामेशलाई बार्यन ल्याउने एन्सेलोट्टीको सपना पुरा भएको उल्लेख गरिएको छ । वेभसाईटका अनुसार हामेश आउदो आईतबार बाट सुरु हुने आउदी कपमा समेत समावेश हुने छन् ।
वि.सं.२०७४ असार २७ मंगलवार १२:२३ मा प्रकाशित




























