back
CTIZAN AD

हिमचितुवा सम्बन्धी शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्रीलाई निम्तो

वि.सं.२०७४ असार २८ बुधवार

627 

shares

२८ असार, काठमाडौँ  । उपप्रधानमन्त्री महरा र नेपालका लागि थाइल्यान्डका राजदूत भाकाभात टान्स्कुलबीच आज भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आर्थिक, सामाजिक एवम् आपसी चासोका विषयमा छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा परराष्ट्रमन्त्री महराले लुम्बिनी र बौद्ध धर्माबलम्बीका कारण दुई देशको सम्बन्ध प्रगाढ भएको बताउनुभयो । थाइ राजदूत टान्स्कुलले वर्षेनी ५० हजार पर्यटक नेपाल आउने गरेको जानकारी दिँदै दुई देशबीच पर्यटन प्रवद्र्धनमा थप सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।

परराष्ट्रमन्त्री महराले आजै किर्गिस्तानका गैरआवासीय राजदूत समरगिउल आदमकुलोभासँग आज भएको भेटवार्तामा दुई मुलुकबीच हावापानी तथा भौगोलिक रुपमा समानता रहेकाले एकार्काका अनुभवलाई आदानप्रदान गरेर अगाडि बढ्ने बताउनुभयो । राजदूत समरगिउलले आफ्नो देशमा हुन लागेको अन्तर्राष्ट्रिय हिमचितुवा तथा पारिस्थितिक प्रणालीसम्बन्धी शिखर सम्मेलन–२०१७ मा भाग लिन परराष्ट्रमन्त्रीलाई निम्तो दिनुभयो ।

त्यसैगरी परारष्ट्रमन्त्री महरा र नेपालका लागि इजराइली राजदूत यारोन मायरबीच आज भएको भेटवार्तामा इजरायलमा काम गर्दै आएका नेपाली कामदारका विषयमा छलफल भयो । सो अवसरमा राजदूत यारुनले नेपालबाट आफ्नो मुलुक गएका कामदारले उत्कृष्ट सेवा प्रदान गरेको जानकारी दिँदै त्यसलाई निरन्तरता दिने र नेपालसँग रहिआएको सम्बन्धलाई जनस्तरसम्म पु¥याउने बताएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ असार २८ बुधवार १४:१३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...