Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

डोल्पामा प्रश्नपत्र बिना नै स्नातक तहको परीक्षा सञ्चालन



dolpa

२८ असार, दुनै (डोल्पा) । डोल्पामा स्नातक तह (दोस्रो वर्ष) को परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ ।

यही असार २३ देखि सुरु भएको बिएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनञ्जय सुवेदीले जानकारी दिनुभयो ।

यही असार २३ मा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पामा पुगेकाले २३ गते र २६ गते सञ्चालन भएका परीक्षा पm्याक्समा आएको प्रश्नपत्रको फोटोकपी गरेर परीक्षार्थीका हातहातमा पु¥याएको क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो । परीक्षार्थीको प्रवेशपत्रसमेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको समेत क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

स्तरोन्नतिका लागि डोल्पाको एकमात्र जुफाल विमानस्थल बन्द भएको तथा पैदलमार्गसमेत सुरक्षा र जोखिमका हिसाबले असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाइ भएकोे परीक्षा सञ्चालन गर्न जुम्ला बहुमुखी क्याम्पसबाट खटिएका केन्द्राध्यक्ष हरिशरण आचार्यले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयले पठाएकोे प्रश्नपत्र मङ्गलबारदेखि हुने परीक्षामा परीक्षार्थीको हातहातमा पुग्ने केन्द्राध्यक्ष आचार्यले बताउनुभयो ।

वर्षात्को समयमा खोलानाला बढेर बाटाघाटा अवरुद्ध भएकाले एकदमै कष्टपूर्ण यात्रा गरेर ज्यानको बाजी लगाउँदै जुम्लाबाट पैदलमार्ग भएर डोल्पा प्रश्नपत्र पु¥याएको आचार्यको भनाइ छ ।

कर्णालीको कालीकोटबाहेक जुम्ला, हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो तहको परीक्षा सञ्चालन गरिएको आचार्यले बताउनुभयो । वास्तवमा दुर्गमको पीडा यो बाहेक अरु केही हुन नसक्ने उहाँको भनाइ छ ।

६१ वर्षीया आचार्य डोल्पामा स्नातक परीक्षा सञ्चालनका लागि सात पटक डोल्पा पुगिसक्नुभएको छ । यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी