back
CTIZAN AD

राष्ट्रपति भन्डारीलाई फेसबुकमा मनपरि गाली गर्ने सुनार प्रहरी खोरमा, यस्तो स्टाटस लेखेका थिए सुनारले

वि.सं.२०७४ असार २९ बिहीवार

717 

shares

bidhya

राष्ट्रपति विद्यादेवी भन्डारीलाई फेसबुकमा मनपरि गाली गर्ने सोनुकुमार सुनार नाम गरेको एक व्याक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । प्रहरी उपरिक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको वताएका छन् ।

पक्राउ परेका सुनार प्यूठानका बासिन्दा रहेको बताईन्छ । उनले आफ्नो फेसबुकमा आफु रेडियोको स्टेसन म्यानेजर भएको दावी गरेका छन् । सुनारले राष्ट्रपतिलाई तथानाम गाली गलौज गर्ने र ब्यक्तिगत चरित्र हत्या गर्नेगरी स्टाटस लेखेपछि पक्राउ परेका सुनारले केहिदिन अघि प्रचण्डका आँखा झिकेर तेलमा फ्राईगरेर खान मन लागेको र केपि ओलीलाई हत्या गर्न मन लागेको जस्ता स्टाटस लेखेका थिए ।

sonu

पटक पटक विवादास्पद कुराहरु लेख्दै आएका सुनारले चरित्र हत्या गर्न खोजेको भन्दै उनी विरुद्धमा साईबर अपराधको मुद्दा दायर गरिएको छ ।नेपाल प्रहरीका अनुसार इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, , क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा माथि क्षति लगायत अवैधानिक कार्यलाई साईबर अपराध मानिने गरिन्छ । नेपालमा प्रहरीले साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गरिँदै आएको छ। उक्त ऐनको दफा ४७ नेपालमा हुने साइवर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने दफा हो। यस दफाले कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

वि.सं.२०७४ असार २९ बिहीवार १०:५७ मा प्रकाशित

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर । यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय...

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २...