back
CTIZAN AD

मिटर ब्याजले निम्त्यायो बिलापका दिन

वि.सं.२०७४ असार २९ बिहीवार

783 

shares

२९ असार, धनगढी । छोटो समयमा धेरै आर्थिक लाभ कमाउने लोभ गर्दा यहाँ कैयौँ परिवार लागि बिलापमा रुमल्लिएका छन् ।

गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ता बिलापमा परेका हुन् । धेरै लगानीकर्ताका घर सम्पत्ति मिटर ब्याजका कारण सखाप पनि हुन थालेको छ ।

बढी ब्याज पाइने लोभमा मिटर ब्याजमा गरिएको ठूलो लगानी रकम डुब्ने देखिएपछि कैयौँको घरबार बिलचल्ली भएको छ भने सो कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष दिनहुँ जिल्ला प्रहरी कार्यालय धाउने गरेका छन् ।

मासिक चर्को ब्याज रकम रहेको मिटर ब्याजमा भएको लगानी उठ्न नसकेपछि कतिपयले घरसमेत छोडेर सम्पर्कविहीन हुनुपरेको एक पीडितको दुःखेसो थियो ।

मिटर ब्याजमा लगानी गर्नेलाई बढीमा मासिक रु दश प्रतिशतसम्म ब्याज दिइने गरिएको बताइन्छ । यसको कारोबारमा मजदुर वर्गदेखि लिएर सम्पन्न परिवारका व्यक्ति संलग्न छन् ।

आकर्षक ब्याजको लोभमा आफन्त समेतको लाखौँ रुपैयाँ मिटर ब्याजमा डुबाएर स्थानीय पार्वती भट्ट अहिले घर छोडेर सम्पर्क बिहिन भएको अर्का पीडित धर्मसिंह रावलले गुनासो गर्नुभयो ।

धनगढी बोराडाँडीका गणेश रावलको पीडा पनि रावलको जस्तै छ । “आफूसँग भएको नगद त गयो गयो, घर घडेरी बैंकमा धितो राखेर निकालिएको रकम समेत मिटर ब्याजमा लगानी गर्दा सबै डुब्यो” रावलले भन्नुभयो– मिटर ब्याजमा यसरी आफूसँगै ठगिएका एक दर्जनभन्दा बढी रहेको पनि रावलले बताउनुभयो ।

मिटर ब्याजको कारोबारको नेतृत्व पुरुषभन्दा बढी महिलाले नै लिने गरेको देखिएको छ । लगानी भएको रकम समयमै भुक्तानी नहुँदा महिला महिलाबीच नै कुटाकुटसमेत भएको छ । केही दिनअघि भएको कुटपिटबाट घाइते भएकी मिटर ब्याजको कारोबारमा संलग्न कल्पना गैरेको नेपालगञ्जमा उपचार भइरहेको छ ।

सरकारी नियम कानुन विपरीत चर्को ब्याजमा नगद लिने र दिने गरिन्छ । एउटाबाट अर्काले ऋण लिँदा अग्रिम २० प्रतिशत रकम कटौती गरि दिइन्छ र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज असुल गर्ने गरी हुने कारोबारलाई मिटर ब्याज भनिन्छ ।

मिटर ब्याजको कारोबारबाट ठगिनेको निकै ठूलो संख्या रहेको प्रहरीले जनाएको छ । पछिल्लो तथ्याँकअनुसार मिटर ब्याज कारोबारमा जम्मा भएको रकम लिएर फरार हुनेको संख्या मात्र छ पुगेको छ । फरार भएकाले झण्डै ४० करोडभन्दा बढी रकम लगेको बताइएको छ ।

कारोबारबाट पीडित हुनेले प्रहरी कार्यालयमा उजुरी दिने गरे पनि प्रमाण जुटाउन नसक्दा पीडकलाई कुन आधारमा कारबाही गर्ने भन्ने समस्या देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“ऋण दिने र लिनेको कुनै कानूनी आधार नै हुँदैन” जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले भन्नुभयो– “यस्तो अवस्थामा कारबाहीको प्रक्रिया अगाडि बढाउन समस्या उत्पन्न भएको छ ।”

बैंकिङ कारोबार भएका र बैंकले चेक बाउन्स गरेपछि मात्र कानुनी दायरामा ल्याउन सकिने चन्दले बताउनुभयो ।

वि.सं.२०७४ असार २९ बिहीवार ११:४१ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...