
२८ असार, एजेन्सी । फ्रेन्च क्लब एएस मोनाकोबाट व्यवसायिक फुटबल खेल्दै आएका २२ वर्षे स्टार मिडिफिल्डर टिमुई बाकायोको चेल्सी जाने भएका छन् । चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टेले बाकायोकोलाई भित्राउन लामो समय देखि गरेको प्रयास अन्तत सफल भएको छ । अघिल्ले सिजन एएस मोनाकोलाई लिग वानको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका बाकायोकालाई भित्राउन अर्को इङलिश क्लब म्यानचेष्टर युनाइटेडले पनि प्रयास गरेको थियो तर बाकायाकेलाई अन्तत लण्डन क्लब चेल्सीले भित्राएको हो । बकायोकाकोे मुल्यको बारेमा दुई क्लब बीच समझदारी भईसकेको छ । स्रोतका अनुसार बाकायोकोलाई भित्राउन चेल्सीले करिब ४० मिलियन पाउन्ड बराबरको रकम तिर्ने भएको हो ।
बाकायो सँगको सम्झौता घोषण तथा मेडिकल शुक्रबार हुुने तय भएको छ । स्रोतका अनुसार बाकायोकोले चेल्सी सँग ५ वर्षको सम्झौता गर्ने छन् । बाकायोको चेल्सी आउने भएसँगै अर्कोे सिजन चेल्सीको मिडफिल्डमा दुई जना स्टार फ्रान्सेली मिडफिल्डर एनगोलो कान्टे तथा बाकायोकोलाई देख्न पाईने भएको छ ।
वि.सं.२०७४ असार २९ बिहीवार १२:३३ मा प्रकाशित