Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

के यी भाञ्जाको चिन्ता गलत हो ?



gorkhali-on-the-street
विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले भान्जाको भनाई उद्धत गर्दै सामाजिक सञ्जालमा उठाएको सवाल साच्चै नै सोचनीय छ । मान्छेको सभ्यता साना साना व्यवहारबाटै झल्कन्छ । ‘जस्तो देश उस्तै भेष’ भन्ने नेपाली समाजमा रहेको भनाइले शायद यहि कुराको इंंगित गर्दछ । उनले उल्लेख गरेझैँ सिर्फ १० प्रतिशतको लापरवाही नै गोर्खाहरु प्रति अंग्रेजहरुले हेर्ने दृष्टिकोण बनिरहेका छन् भन्ने भनाईलाई गलत ढंगले बुझ्ने भन्दा पनि सोचनिय बन्न जरुरी छ । अहिलेको हेलच्यक्राई कम्तिमा एकपुस्ताको जीवनभर अवहेलनाको लागि काफि हुने उनले भान्जाको चिन्तामा जनाएको सहमति शायद अरुको पनि हुनसक्छ ।

पढौँ भान्जाको स्रोत दिँदै विश्वासदीप तिगेलाले बेलायतबाट उठाएका यो चिन्ता :
१) दार्जिलिङको आन्दोलनसंगै एक आसामी बहिनीले नेपालबाट भारतमा घरेलु काम गर्न आउने गरेको कारण आम भारतमा नेपाली भाषी भारतीयहरुलाई पनि त्यस्तै घरेलु कामदार सोच्ने गरेको गुनासो गरिन रे ।

२) युकेमा नेपाली नानीहरु अंग्रेज नानीहरु भन्दा अब्बल प्रगति गरिरहेका छन तर युकेको शहरमा बृद्धा गोर्खाहरु लापरवाही, वेसहरा हिडडुल गरिरहेका र आफू बसोवास गर्दै गरेको घरको सुन्दर दुबोझारको चौरलाई मासेर नेपालमा झै बोडि तरकारी फलाउन थालेका छन त्यो अंग्रेजहरुलाई रमिता भएको छ । गोराहरु घुरेनमा स्याउको बोटमा पाकेको स्याउ समेत खादैनन, बरु सुपरमार्केटको ल्याएर खान्छन । बोटबाट टिपेर खानु जंगली स्वभाव मान्छन ।

कटमेरे (हामी) युकेवासीहरुले लापरवाही गर्दा युवा जमातलाई ठूलो असर भएको बताए । जाँगिरको खोजिमा होस वा कार्यालय, कलेज र युनिभर्सिटी तिर जाँदाहोस नेपाली (गोर्खा) लाई गरिब र जंगली सोच्ने भएकाले धेरै समस्या भोगी रहेका छन रे । सबैले देख्ने ठाँउमा तरकारी लगाएर जंगल नबनाउ, टोल र छरछिमेकको स्तरलाई कायम राख भनी बृद्धा गोर्खा परिवारलाई कसले भन्ने रु भित्रि गार्डेनमा जे गरेपनि, रोपेपनि हुन्छ । सवाल बाहिरी सडक अर्थात सबैले देख्ने ठाँउको हो ।

नेपाली कम्युनिटीहरु छन तर विभिन्न पार्टी र खेलकुदमै ब्यस्त छन् । नब्बे प्रतिशत गोर्खा बृद्धाहरु हरपल राम्रो गर्न चाहन्छन तर सिर्फ १० प्रतिशतको लापरवाही नै गोर्खाहरु प्रति अंग्रेजहरुले हेर्ने दृष्टिकोण बनिरहेका छन् रे । बृद्धा गोर्खाहरुको अहिलेको हेलच्यक्राई नै कम्तिमा एकपुस्ताको जीवनभर अवहेलनाको लागि काफि हुने भान्जाको चिन्ता मलाई पनि सोचनीय लाग्यो । यो विषय नेपाली समाजमा चर्चाको विषय हुनुपर्छ की पर्दैन ? के यी भाञ्जाको चिन्ता गलत हो ? होइन भने अब पहल गर्ने की नगर्ने ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक